२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वाव कलेक्सन बुथ निर्माण गरी अस्पतालहरुलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाव कलेक्सन बुथ निर्माण गरी बागमती प्रदेशका सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको छ ।

एशोसिएसनले निर्माण गरेका स्वाव कलेक्सन बुध मंगलबार विभिन्न ६ वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो । कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षार्थ बुथ निर्माण गरिएको एशोसिएसनका सभापति नन्दलाल बञ्जाडेले बताउनुभयो । एशोसिएसनले मंगलबार दोलखाको चरिकोट, सिन्धुपाल्चोकको मेलम्चि र बाह्रविसे, काभ्रेको पाँचखाल, नुवाकोट खरानीटार र धादिङको धादिङवेसीका लागि कलेक्सन बुथहरु पठाएको छ । यसअघि रामेछापको मन्थली, सिन्धुपाल्चोकको चौतारा, काभ्रको मण्डनदेउपुर र नुवाकेटको विदुरमा ४ वटा स्वाव कलेक्सन बुथ पठाइएको उहाँले बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि कोरिया तथा भारत लागयतका बुथहरुबाट स्वाव कलेक्सन भइरहेको सन्दर्भमा नेपाली इन्जिनियरहरुले पनि निर्माण गरेको एशोसिएसनका सदस्य सुरज गौतमले बताउनुभयो । विषम परिस्थितिमा इन्जिनियरहरुले देशका लागि गर्न सक्ने सहयोग स्वरुप यो प्रयास गरिएको उहाँले बताउनुभयो ।

एउटा बुथ निर्माणमा ९० हजार देखि १ लाखसम्म खर्च हुने गरेको छ । एशोसिएसनका सदस्य तथा अन्य इन्जिनियरहरुले अहिले आर्थिक सहयोग गरिरहेका छन् । अहिलेसम्म विभिन्न ईन्जिनियहरुबाट ४ लाख भन्दा बढी सहयोग भएको उहाँले बताउनुभयो ।