२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता
अ अ+ अ-

गण्डकी । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत गण्डकी प्रदेशमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन् । 

पोखरा महानगरपालिका–७ पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट अन्य समूहमा तनहुँका सुरेश आलेमगर, महिलातर्फ नेपाली कांग्रेसका तर्फबाट गोर्खाका कमला पन्त र दलितर्फ माओवादीका गोर्खाका भुवन सुनारले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसैगरी नेकपा एमालेका तर्फबाट अन्यतर्फ कास्कीका पुण्यप्रसाद पौडेल, दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनाम र महिलातर्फ नवलपरासीका लीला पोखरेल(थनेत)ले उम्मेदवारी दर्ता गराउनुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको निर्वाचन कार्यतालिका रहेकामा एमालेका उम्मेदवारले बिहान ११ बजे र सत्ताधारी गठबन्धनका उम्मेदवारले अपराह्न २ः३० बजे उम्मेदवारी दर्ता गराएका थिए ।

सत्तारूढ गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएअनुसार माओवादीले गण्डकीमा दुई सिट पाएको भने नेपाली कांग्रेसले एक सिट पाएको छ ।  राष्ट्रियसभामा चार वर्ष पदावधि पूरा गरेर जान लागेका सदस्यको रिक्त स्थानमा निर्वाचन हुन लागेको हो । 

गण्डकीमा माओवादी केन्द्रका अन्य समूहका दीनानाथ शर्मा, दलिततर्फ खिमकुमार विक र महिलातर्फ नेकपा ९एकीकृत समाजवादी०का शान्तिकुमारी अधिकारीको चार वर्ष पदावधि पूरा गरी आगामी फागुनमा बिदाइ हुने भएकाले उहाँहरुको स्थानमा निर्वाचन हुन लागेको हो ।

प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ । प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचन सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ । 

गण्डकीमा प्रदेशसभाका ५९ र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी गण्डकी प्रदेशमा कूल २२९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहेको छ । गण्डकीमा कूल मतभार पाँच हजार ८९२ रहेको छ । संविधानबमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।