२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले जाहेरी दर्ता नगरेपछि जसपाका नेताहरु सरकारी वकिल कार्यालयमा



अ+ अ-

काठमाडौं । प्रहरीले जाहेरी लिन अस्विकार गरेपछी जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका छन् । सांसद अपहरण मुद्धाको जाहेरी दर्ता गर्न मंगलवार जसपा नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो पार्टिका सांसदलाई अपहरण गरेको भन्दै छानबिनका लागी जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दिन पुगेका हुन । सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन आनाकानी गरिरहेको जसपाका नेताहरुले बताएका छन ।

यस अघी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ सहितका नेताहरु जाहेरी दिन जादा महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी लिन अस्विकार गरेको थियो ।

सांसद यादवलाई पूर्व आईजीपी खनाल सहित नेकपा नेताहरु महेश बस्नेत र किशान श्रेस्ठले पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको जसपाका नेताहरुले आरोप लगाउदै आएका छन ।