१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् कांग्रेसका मनकारी युवा नेता, जसले सयौ परिवारलाई यसरी वितरण गरे राहत (फोटो फिचर)



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता लिखीन्ततेन्द्र क्षेष्ठले लकडाउनका कारण समस्यामा परेका २५० परिवारलाई राहत वितरण गरेका छन् । सोमवार काठमाडौं महानगरपाली वाडा ४ स्थित विशालनगर चण्डोलमा रहेका विपन्न परिवार, भाडामा बस्ने विद्यार्थी तथा मजदूरका परिवारलाई राहत वितरण गरेका हुन्।

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले बताए । उनीहरुलाई प्रति परिवार १० किलो चामल, दाल र नुन २/२ किलो, प्याज र आलु २/२ किलो, तेल १ लिटर वितरण गरिएको थियो ।

श्रेष्ठले लकडाउनका कारण समस्यामा परेका २५० परिवारलाई चामल १०० बोरा, आलु १५ बोरा, दाल १० बोरा, नुन ५०० केजि, तेल २५० पाकेट र प्याज १५ बोरा वितरण गरेका हुन् । अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर, रिक्सा चालक लकडाउनका कारण समस्यामा परेको जानकारी पाएपछि ब्याक्तिगत लगानीमा राहत वितरण गरिएको श्रेष्ठले बताए ।