१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वेन्द्र र महेशविरुद्ध जाहेरी सरकारी वकिल कार्यालयले पनि लिएन



अ+ अ-

काठमाडौं । सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दर्ता गर्न मंगलबार सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका थिए ।

जसपाका नेताहरुले आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहितका नेताअहरुले जाहेरी दिना खोज्दा काठमाडौंस्थित टेकु प्रहरी परिसरले उजुरी दर्ता गर्न दर्ता गर्न नमानेपछि जसपा जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्।

सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेको जसपाका नेताहरुले बताएका छन ।