१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो



अ+ अ-

काठमाडौं । मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ ।

रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो । नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारत लगायत अन्य मुलुकबाट आएकाहरु छन् । अहिले को शी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ । नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जना संक्रमित उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजा १९ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा १ हजार १ सय ९३ वटा नमुना परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९ र बागमती प्रदेशमा ८ हजार ४ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८, कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १२ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२, बागमती प्रदेशमा ३ सय ६१ र गण्डकी प्रदेशमा ६ सय ७६ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी कर्णाली प्रदेशमा १ हजार ३ सय ९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १ सय ३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।