१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैनः सांसद केसी

सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैनः सांसद केसी
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको र नेपाली जनताको दुःखसुखको साथीको रुपमा रहेको बताउनु भयो । सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्रै हेर्न नहुने उहाँको भनाइ छ । बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि सामाजिक सञ्जाल रहेको कुरा बिर्सिन नहुने बताउनु भयो । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता हुने तर नेपालमा दर्ता हुन नआउने कुरा पनि ठिक नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको छ । नेपाली जनताको दुःखसुखको साथीको रुपमा छ । सामाजिक सञ्जाल राजनीतिक रुपमा मात्रै छैन । यसले कुनैपनि रुपमा बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि छ । यो एउटा सशक्त माध्यमको रुपमा छ । अभिछिन्न स्वतन्त्रतालाई अपहरण गर्ने काममा नेपाली काँग्रेस मुकदर्शक हुनु हुँदैन । यसमा बाटो खोज्नुपर्छ । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता भएको छ, नेपालमा दर्ता गर्न अटेर गर्नु हुँदैन । कुराकानी गरेर समस्या समाधान गर्नुपर्छ ।’

सांसद केसीले आम नागरिकहरु सामाजिक सञ्जाल बन्द गराएकोमा रुष्ट रहेको भन्दै यसको समाधान छिटो गर्नुपर्ने बताउनु भयो ।