१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एकलाख घरको छानो फेर्छौं, बैकल्पिक चक्रपथसहित नयाँ सहर बनाउँछौं : राज्यमन्त्री मानन्धर

एकलाख घरको छानो फेर्छौं, बैकल्पिक चक्रपथसहित नयाँ सहर बनाउँछौं : राज्यमन्त्री मानन्धर
अ अ+ अ-

काठमाडौं । १६ बैशाख । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत् काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने जानकारी दिएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयमा सांसदहरुसँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा(छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिएका हुन् ।

उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह,ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ । यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा-तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ ।

राज्यमन्त्री मानन्धरले नयाँ वर्षको बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिएका छन् । आगामी वर्षको बजेट मार्फत् कम्तिमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिए । मन्त्री मानन्धरले सिमान्तकृत र अति विपन्न परिवारका लागि राज्यले आर्थिक सहायता मार्फत् फुस र खरको छानो विस्थापन गराई आधुनिक जस्तापाताको छानो निर्माणमा सहयोग गर्ने गरी बजेट व्यवस्थापन थालिएको जानकारी दिए ।

मन्त्री मानन्धरले कोभिड-१९ का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत् कम्तिमा एक नयाँ कार्यक्रमसहित बजेट व्यवस्थापन गरिने जानकारी दिए ।

मन्त्री मानन्धरले देशभरका जनताले प्रत्याभुति गर्नेगरी सरकारले बजेट ल्याउने बताउँदै सबै निर्वाचन क्षेत्रमा समानताका आधारमा आयोजना तय गरिने जानकारी दिए ।

छलफलमा मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केही नयाँ कार्यक्रमसहित बजेटको तयारी थालिएको जानकारी दिए । सचिव अधिकारीले मन्त्रालयले चालु अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै बैकल्पिक चक्रपथ सहितको नयाँ सहर आयोजना र कम्तिमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउनेगरी बजेट आउने जानकारी दिए ।

छलफलमा सहभागी सांसदहरुले मन्त्रालयले बजेट निर्माणका क्रममा आफुहरुलाई बोलाउनु खुसीको कुरा भएको बताए । दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले यस अघि सांसदहरुलाई छलफलमा नबोलाउँदा बजेट व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै मन्त्री मानन्धरले आफुहरुलाई बोलाएर संसदीय गरिमा उच्च पारेको बताए ।

काडमाडौं ८ का सांसद जीवनराम श्रेष्ठले काठमाडौंका केही स्थान दुर्गमसरह रहेको बताउँदै प्राथमिकताका साथ कार्यक्रम ल्याउन आग्रह गरे । मन्त्री मानन्धरले १६५ वटै निर्वाचन क्षेत्रका सांसदहरुसँगको छलफल सकेर सबै क्षेत्रमा आधारीत बजेट ल्याउने बताएका छन् । बिहीबार पनि विभिन्न निर्वाचन क्षेत्रका सांसदहरुसँग छलफल गरिने मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव ओम राजबाहकले जानकारी दिनुभयो ।

छलफलमा बैतडी-१ सांसद दामोदर भण्डारी,सिन्धुली-१ का सांसद गणेश पहाडी, नुवाकोट-२ का सांसद नारायण खतिवडा बाजुरा-१ का सांसद लालबहादुर थापा, डोटीका सांसद प्रेम आले कैलाली-५ का नारदमुनि राना, नुवाकोटका सांसद बहादुरसिंह लामा लगायतका सांसदहरुको उपस्थिति रहेको थियो ।