३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन कार्यालय सञ्चालन



अ+ अ-

भोजपुर। ग्रामीण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्न भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ ।

नेपाल प्रहरीका पूर्वएआइजी भीम ढकालको पहलमा आइटीसम्बन्धी काम गर्ने जेनेस कार्यालय स्थापना गरिएको हो । कार्यालयले इन्टरनेटमार्फत आयआर्जन, रोजगारी सृजना र डिजिटल जागरूकतासँगै सचेतना फैलाउने उद्देश्य लिएको छ ।

चार महिनाको तयारीपछि सञ्चालनमा ल्याइएको कार्यालयबाट स्थानीय युवायुवतीलाई इन्टरनेटको प्रयोग, साइबर सुरक्षा, अनलाइन रोजगारका अवसर, ई–कमर्स र डिजिटल बजारबारे तालिम दिइनेछ ।

हालसम्म तालिम लिएका तीन जनालाई रोजगारीसमेत प्रदान गरिएको छ । पूर्वएआइजी ढकालले आफ्नो जन्मथलोमा सूचना प्रविधिको विकास गर्दै अरुणलाई भोजपुरको ‘आइटी हब’ बनाउने लक्ष्य लिएको बताउनुभयो ।

उहाँका अनुसार यो कार्यालय अमेरिकी मुख्यालय भएको जेनेस बहुराष्ट्रिय कम्पनीको सहकार्यमा सञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने आपराधिक क्रियाकलाप न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यले दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजनाका साथ कार्यालय सञ्चालन गरिएको ढकालको भनाइ छ ।

कार्यालयबाट डिजिटल साक्षरता, साइबर सुरक्षा, ई–कमर्स, अनलाइन बजार प्रवर्द्धन र दैनिक इन्टरनेटसम्बन्धी काममा आवश्यक सेवा प्रदान गरिनेछ ।

मुख्य रूपमा गाउँका युवाहरूलाई प्रविधिको सही प्रयोगमार्फत आत्मनिर्भर बनाउने अपेक्षा रहेको जनाइएको छ ।