२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता
अ अ+ अ-

धनुषा । प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । यस प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि आज जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा छ जनाको उम्मेदवारी परेको हो ।

उम्मेदवारी दिनेमा पाँच दलीय सत्ताधारी गठबन्धनबाट सिरहाका खालिद सिद्धिकी र पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । खालिद जनता समाजवादी पार्टी (जसपा) नेपाल र अर्याल माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको हो । सत्तारूढ दलले गठबन्धन बनाए पनि प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् ।

लोसापाबाट सप्तरीका श्यामसुन्दर सरदार र महोत्तरीकी रूपा यादवले उमेदवारी दर्ता गराउनुभएको हो । सरदार प्रदेश सरकारले गठन गरेको दलित विकास समितिको सदस्य समेत हुनुहुन्छ ।

यसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिनुभएको छ । एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरे पनि अन्तिम समयमा उहाँको ठाउँमा उसमानलाई उम्मेदवार बनाइएको हो । सत्तारूढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच प्रतिस्पर्धा हुन लागेको हो ।

प्रदेशसभामा सत्तारूढ जनता समाजवादी पार्टी ९जसपा० का ३९ सदस्य छन् । यस्तै नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का १६ र नेकपा एकीकृत समाजवादीका १३ सदस्य रहेका छन् । यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका आठ÷आठ सदस्य तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना सदस्य छन् ।