१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

संकटमा कालोबजारी गर्नु राष्ट्रघात

संकटमा कालोबजारी गर्नु राष्ट्रघात
अ अ+ अ-

संकटका बेला कालोबजारी गर्नेहरूलाई राजनीतिक दबाबमा नपरी कानुनअनुसार हदैसम्मको सजाय दिन राजनीतिक दलका नेताहरूले माग गरेका छन् । उनीहरूले संकटका बेला सहयोग गर्नुपर्ने व्यापारीहरू मौका छोपेर कालोबजारीमा संलग्न हुन लाजमर्दो विषय भएको बताएका हुन् ।स्वास्थ्य सामग्री थर्मल गनको कालोबजारी गर्दैगर्दा रंगेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई छुटाउन केही प्रभावशाली शक्ति केन्द्र सक्रिय भएको सन्दर्भमा युवा नेताहरूसँग प्रतिक्रिया लिँदा यस प्रकारको धारणा आएको हो । सत्तारूढ दल नेकपाका नेतृ रामकुमारी झाक्रीले संकटका बेला मौका छोपेर कालोबजारी गर्नेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । उनले भने– ‘कालोबजारी गर्ने ठगी गर्ने, देश संकटमा परेका बेला लुट्न खोज्ने व्यक्तिलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’

नेतृ झाक्रीले कालोबजारी गरेर पक्राउ परेका व्यक्तिहरूलाई कुनै पनि हालतमा राजनीति दबाब दिएर छुटाउन नहुने बताए । बदमासी गर्ने, ठगी गर्ने जो–सुकै भए पनि कठोरताको साथ कानुनी कारबाही गर्नुपर्छ ।’ –उनले भने । जगदम्बा गु्रपका सञ्चालक अग्रवाल प्रहरीको स्टिङ अपरेसनमा पक्राउ परेका थिए । हाल उनीमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी चार प्रकारका मुद्दा चलाउन सिफारिस गरेको छ । जगदम्बा स्टिल बनाउने शंकर ग्रुुपका पूर्वअध्यक्ष शंकर अग्रवालले सुुलभ अग्रवाल पक्राउ पर्नु दुःखद भएको बताए । उनले भने– ‘घटना दुःखद हो, म पूर्वअध्यक्ष भएकाले प्रतिक्रिया दिने मुडमा छैन ।’

नेकपाका युवा नेता लेखनाथ न्यौपानेले संकटको घडीमा पनि कालोबजारी गर्नु व्यापारीमा नैतिकता सकिएको परिणाम भएको बताए । उनले भने– ‘मानिसलाई नैतिकता र कानुनले बाँध्ने गर्छ, ठूला भनिएका व्यापारीहरूमा नै सबैभन्दा बढी नैतिक पतन भएको देखियो ।’ नेता न्यौपानेले गलत काम गर्नेमाथि सरकारले निर्ममतापूर्व उत्रिन नसक्दासम्म यस्ता समस्या पुनः दाहोरिने बताए– ‘नियत नै गलत भए पनि संकटको बेला लुट्न तम्सिन्छन्, अहिले सुलभ अग्रवाल पक्राउ प्रकरण एउटा उदाहरण मात्र हो ।’ राजनीतिक दलका युवा नेताहरूले सुलभ अग्रवाललाई कुनै पनि हालतमा राजनीतिक दबाब दिएर मुद्दा कमजोर बनाउने काम नगर्न सरकारलाई दबाब दिएका छन् ।

नेपाली कांगेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटको घडीमा गलत काम गर्नेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए– ‘देश संकटबाट गुज्रिरहेको छ, यस्तो बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला उल्टै कालोबजारी गर्ने, यस्ता व्यक्तिहरूमाथि हदैसम्म कारबाही गर्नुपर्छ ।’ उनले व्यापारीहरूले कम्तीमा यस्तो संवदनशील घडीमा नैतिकता देखाउन पनि आग्रह गरे । नेपाली कांग्रेसका नेता राजन केसीले संकटका बेला कालोबजारी गर्नु राष्ट्रघात भएको बताए। उनले भने– ‘पदको दुरुपयोग गरेर व्यापारिक घरानियाबाटै यस्तो निर्लज्ज काम हुनु राष्ट्रघात नै हो, यस्ता बदमासी गर्नेहरूलाई कोही कसैले जोगाउन कोशिस मात्र गर्छ भने त्यो पनि अपराधी ठहरिन्छ ।’ उनले कालोबजारी गर्ने अग्रवालमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग गरे ।

प्रहरीको मनोबल उच्च राख्न पनि सजाय

काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालले जतिसुकै प्रभावशाली पक्षबाट दबाब आए पनि मुलुकले लकडाउनको अवस्था भोगिरहेका बेला कालोबजारी गर्ने व्यक्तिलाई नछोड्ने, कानुनसम्मत ढंगले कारबाही चलाउने प्रतिक्रिया यसअघि नै दिइसकेका थिए । प्रहरी प्रशासन सीडीअको मातहत रहने र प्रहरीले नै तीनरचार दिन लामो योजनाका साथ स्टिङ अपरेसन गरी आफैं ग्राहक बनेर थर्मल गन किन्दा ३ सय प्रतिशतभन्दा बढी अधिक मूल्य लिएकै अवस्थामा सप्रमाण पक्राउ गरेको र प्रहरीले अग्रवालविरुद्ध चार प्रकारका मुद्दा लगाउने सिफारिस पनि गरिसकेकाले प्रजिअ दाहालबाट कुनै दबाबमा परेर काम गर्र्नु पाच्य पनि थिएन ।

‘सुवास अग्रवाल भनेर पक्राउ गरेका व्यक्ति सुलभ अग्रवाल रहेको पछि मात्र खुलेकाले प्रहरीले व्यक्ति नभई व्यवहारका आधारमा कारबाही चलाएको पनि प्रस्ट हुन्छ । यतिखेर ‘लौ ठूलो मान्छे पो परेछ, माफी–मिनाहा गर्नुपर्यो’ भन्ने धारणा राखिएको भए समान न्यायको सिद्धान्त देखिने थिएन ।’ –नागरिक समाजका अगुवाहरूको टिप्पणी छ । आमनागरिक, सामाजिक सञ्जालदेखि मूलधारको सञ्चारमाध्यममा सुलभमाथि कडा कारबाहीको माग भइरहेका बेला उनलाई माफी–मिनाहा गर्ने कार्य अर्को अशान्तिको स्रोत हुने उनीहरू बताउँछन् । अग्रवालका कारण व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि आक्रोशित देखिएका छन् । ‘एक जनाले कालोबजारी गर्दा हामीमाथि पनि औंला ठडिन थाल्यो, सुलभलाई कारबाही नगरे हामीमाथि पनि दोषीलाई बचाएर आफैं कालोबजारीमा सरिक भएको आरोप लाग्नेछ ।’ –व्यापारीवर्गको टिप्पणी छ ।

व्यापारीहरू कालोबजारी गर्ने साथीलाई राजनीतिक दबाब र आर्थिक प्रलोभन देखाएर मुक्त गराउँछन् भन्ने आक्षेप लाग्दै पनि आएको छ । लकडाउनका कारण नोक्सानमा परेको व्यापारिकवर्ग सरकारसँग राहत माग्न जान पनि सुलभको मुद्दाले असहज ठानिरहेको छ– उनको व्यवहारले व्यापारी भनेकै कालोबजारी हुन् भन्नेलाई बल मिलेको छ । किरगिस्तानका अवैतनिक महावाणिज्य दूत रहेका अग्रवाल कूटनीतिक नियोगको नम्बरप्लेटसहितको गाडी दुरुपयोग गर्दै कालोबजारी गर्दैगर्दा पक्राउ परेकाले अन्य प्रतिष्ठित महावाणिज्यदूतहरू पनि उनीसँग आक्रोशित छन् । उनका कारण आफ्नो इज्जत गएको ठानिरहेका छन् ।

कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री कालोबजारी गरेर २०–२२ करोड कमाउन खोजेको प्रहरीसँगको बयानमा अग्रवालले स्वीकार गरिसकेको अवस्थामा प्रहरी र प्रशासनमाथि राजनीतिक तथा व्यापारिक क्षेत्रबाट दबाब दिनेहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा नागरिक समाजले व्यक्त गर्दै आएको छ । पक्राउ परेको आज २१औं दिन उनको मुद्दा जिल्ला अदालतमा दर्ता भएको हो । यति बेला कुनै पनि गलत प्रभावमा परेर उनलाई थुनामुक्त गर्ने र कालोबजारी गर्ने जमातको मनोबल बढाइने त होइन भन्ने आशंका नागरिक समाजमा छ । नेपाल समाचारपत्र दैनिक