१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपा अध्यक्ष प्रभु साह दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ दिल्ली प्रस्तान गरेका हुन् ।

‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आईतबार नयाँ दिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष साह सहभागि हुने कार्यक्रम रहेको छ ।

आजपा निकटको आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गर्न लागेको सो कार्यक्रममा नेपालबाट नयाँ दिल्लीमा विभिन्न पेशाव्यवसायमा रहेका नेपालीहरुको सहभागिता रहने साहको सचिवालयले जनाएको छ ।

यस अघि हालै आजपा अध्यक्ष साह भारतको मुम्बईमा आयोजित प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि भएका थिए । आजपा नेपाल सहित विदेशमा समेत कमिटी बिस्तार गर्ने क्रममा रहेको छ ।

दिल्लीमा आजपा अध्यक्ष भेला, अन्तरक्रिया कार्यक्रमका साथै त्यही रहेका नेपाली उधोगी, व्यापारी, बिद्यार्थी लगायतकासंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजपा अध्यक्ष साह आठ बर्षपछि पहिलो पटक दिल्ली पुगेका हुन् ।

दिल्लीको कार्यक्रम सम्पन्न भएको केही समयपश्चात आजपाले मलेसिया, दुवई, कतार लगायतका मुलुकमा समेत संगठन बिस्तार गर्दै बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।