२४ असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन तुइन खोलामा पहिरो रोकथाम सुरु नेप्से परिसूचक ३०.०९ अङ्कले घट्यो मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित



अ+ अ-

महोत्तरी। पछिल्ला पाँच÷छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ गोरहन्नाका ७० वर्षीय रहमान नदाफलाई अब फेरि सक्रिय जीवनमा फर्किउँला भन्ने आस नै थिएन ।

हालै दाहिने आँखाको शल्यक्रिया गरेर मोतीविन्दु फालिएपछि भने नदाफलाई फेरि काममा फर्कने आस जागेको छ ।“आँखाको ज्योति गुम्दा अरु केही स्वास्थ्य समस्या नहुँदा पनि घरमा बस्नु परेको थियो, अब त्यो जालो हट्यो, फेरि काममा जुट्नसक्छु भन्ने लागेको छ”, उहाँ भन्नुहुन्छ, “डाक्टरले अब आँखाको पट्टी खुलेपछि राम्ररी देख्न सक्नुहुन्छ भन्नुभएको छ ।”

नदाफ जस्तै भङ्गाहा–७ कै ७५ वर्षीया बहुरीदेवी चौधरी थारुलाई फेरि पहिले जस्तै संसार हेर्न पाइने आसले रोमाञ्चित बनाएको छ । शुक्रबारमात्र उहाँको मोतीविन्दुको शल्यक्रिया भएको छ । थारुकै छिमेकी ६५ वर्षीय हरि साह  पनि शल्यक्रियापछि आँखामा लगाइएको पट्टी खोल्ने पर्खाइमा हुनुहुन्छ ।

हालै यहाँ मोतीविन्दु र आँखामा मासु पलाएर ज्योति गुमेकाहरूका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन भएको थियो । सगरमाथा चौधरी आँखा अस्पताल लहानले सञ्चालन गरेका आँखा उपचार केन्द्र बर्दिवास, आँखा तथा कान उपचार केन्द्र लालबन्दी (सर्लाही) र आँखा तथा कान उपचार केन्द्र महेन्द्रनगर (धनुषा) ले यो अवसर मिलाएका हुन् । शिविरमा ५०० जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ ।

“हामीले छ ठाउँमा आँखा जाँचका प्रारम्भिक शिविरमा मोतीविन्दु, आँखामा मासु पलाउने जस्ता समस्या भएका व्यक्तिहरूको पहिचान गरेर यही (आँखा उपचार केन्द्र बर्दिवास) शल्यक्रिया गर्दैछौँ”, केन्द्रका प्रमुख अरविन्द राय भन्नुहुन्छ,“गत सोमबारदेखि आँखाको प्रारम्भिक जाँच शिविर सञ्चालन भएका र गत बिहीबारदेखि शल्यक्रिया सुरु गरिएको छ ।

शुक्रबार साँझसम्म एक सय बढीको शल्यक्रिया सम्पन्न भइसकेको छ । विभिन्न ठाउँमा सञ्चालित शिविरमा पहिचान गरिएका बिरामीलाई पालैपालो बर्दिबास ल्याएर शल्यक्रिया गर्न थालिएको छ । रासस