१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

चार वायुको प्रभावले मौसममा बदली

चार वायुको प्रभावले मौसममा बदली
अ अ+ अ-

विभिन्न चार वायुको प्रभावले गर्दा मुलुकको मौसममा बदली भइरहेको जल तथा मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले मौसममा बदली आएको हो । मुलुकको पूर्वी भू–भाग नजिक पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बनेको न्यूनचापीय रेखाका साथै बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त वायुको नेपाल प्रवेशले मौसममा तीव्र बदली भइरहेको मौसमविद् राजु प्रधानांगले बताए ।

प्रि–मनसुनको अवधिमा स्थानीय वायु सक्रिय हुने र यसमा पश्चिमी वायुजस्ता अन्य वायुको प्रभावले गर्दा मौसमी प्रणाली बलियो भई वर्षा हुने गरेको मौसमविद् प्रधानांगले बताए । केही दिनदेखि सक्रिय रहेको यी वायुको प्रकृति हेर्दा अझै केही दिनसम्म मौसममा सुधार हुने सम्भावना नरहेको उनको दाबी छ । वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ ।

स्थानीय र अन्य भागबाट प्रवेश गरी मुलुकमा विकास भएको बलियो मौसम प्रणालीका कारण देशको पश्चिमी तथा पूर्वी भू–भागका साथै मध्यपहाडी भू–भागमा सामान्य बदली भई एक/दुई स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार यस अवधिमा मध्यह्नदेखि देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ । चट्याङ र हावाहुरीबाट बच्न घरभित्रै बसेर सतर्क रहन मौसमविद्को सुझाव छ ।