१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन, नयाँ भर्ना अझै अनिश्चित

अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन, नयाँ भर्ना अझै अनिश्चित
अ अ+ अ-

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ । प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले वैशाख २२ बाट कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय कमिटीलाई निर्देशन गरेको बताए । प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । अध्यक्ष पुरीले कक्षा सञ्चालन नगर्दा विद्यार्थीको पठनपाठन डामाडोल हुने र शैक्षिक सत्रको क्यालेन्डरमा समेत असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । तर, नयाँ भर्नाको विषयमा कुनै निर्णय नभएको प्याब्सनको भनाइ छ ।

प्याब्सनले लकडाउन लम्बिए नयाँ भर्ना गर्ने विषयमा निर्णय लिने जनाएको छ । प्याब्सनले लकडाउन खुलेपछि मात्रै भर्ना लिने आन्तरिक तयारी गरिरहेको छ । तर, केही विद्यालयले पढाइसँगै भर्ना खोल्नुपर्ने जनाउँदै आएका छन् । प्याब्सनअन्तर्गतका अधिकांश विद्यालयले अस्ति १५ गतेबाट परीक्षाफल प्रकाशित गरिसकेका छन् । केही ठूला विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिसकेका छन् । विद्यालयमै उपस्थित भएजस्तो पढाइ नहुने भए पनि विद्यार्थीलाई व्यस्त गराउन प्याब्सनअन्तर्गतका विद्यालयले अनलाइन पढाइ शुरू गर्न लागेको हो । प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले एक साताभित्र पढाइ सञ्चालन गर्न सबै सदस्य विद्यालयलाई आग्रह गरेको बताए । उनले भने– ‘पूर्ण सबै विद्यालयमा कक्षा सञ्चालन गर्न सम्भव नभए पनि तयारी गर्न आग्रह गरेका हौं ।’

हाल देशभर करिब १० हजार विद्यालयमा करिब ३० लाख विद्यार्थी अध्ययनरत छन् । प्याब्सनले पाठ्यसामग्रीमा एकरूपता ल्याउन अनलाइनमार्फत सेवा दिने विभिन्न कम्पनीसँग सम्झौता गर्ने तयारी गरेको छ । ‘करिब आधा दर्जन कम्पनीले सेवा दिन तयार भएको जनाएका छन्, तीमध्ये सबै विद्यालयको पाठ्यक्रमसँग मिल्ने कम्पनीसँग सम्झौता गर्ने तयारी गरेका छौं ।’ –सहअध्यक्ष ढुंगानाले भने । प्याब्सनले सरकारी पाठ्यक्रमसँग मेलखाने सामग्री तयार गर्ने कम्पनीसँग मात्र सम्झौता गर्ने जनाएको छ । निजी विद्यालयले अनलाइन कोर्स सञ्चालन गर्ने तयारी गरेको भए पनि हालसम्म अति विकट जिल्लामा त्यसको तयारी भएको छैन ।

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले अहिलेको अवस्थामा अनलाइन कक्षा अपरिहार्य रहेको बताए । ‘अहिले शुरू गरेपछि पछिसम्म स्थायी हुने गरी अनलाइन कक्षा सञ्चालन गर्न उपयुक्त हुने धारणा राख्दै उनले भने– ‘अब अनलाइन र भर्चुअल कक्षाको विकल्प छैन ।’ तर, दूरदराजमा रहेका विद्यालयमा कसरी सम्भव हुन्छ भन्ने विषयमा सरकार र निजी विद्यालले सोच्नुपर्ने उनको धारणा थियो । ‘अब झन् असमान शिक्षा हुने देखिएको छ’, उनले भने– ‘त्यसलाई व्यवस्थित गर्न सरकारले नयाँ नीति ल्याउन जरुरी छ ।’ उनले सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याएर अनलाइन कक्षाको विस्तार गर्नुको विकल्प नभएको जिकिर गरे। प्याब्सनका उपाध्यक्ष टीआर ढकालले विद्यार्थीलाई सूचना र प्रविधिको पहुँच विस्तार गर्न निजी विद्यालयले अनलाइन र भर्चुअल कक्षा सञ्चालन गर्न लागेको बताए ।

‘यो वर्ष तयारी गर्छौ । आउँदो वर्षबाट यसलाई निरन्तरता दिएर सहज बनाउने तयारी गरेका छौं ।’ –उनको भनाइ थियो । उता एनप्याब्सनआबद्ध विद्यालयले पनि अनलाइन कक्षा शुरू गर्ने जनाएको छ । एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले केही सातापछि अनलाइन कक्षा सञ्चालन गर्ने बताए । उनले भने– ‘मिति तोक्न सकिँदैन, चाँडै नै भर्चुअल र अनलाइन कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा छौं ।’ एनप्याब्सन आबद्ध अधिकांश विद्यालयले स्थगित भएको परीक्षाफल प्रकाशित गरिसकेको छ । नेपाल समाचारपत्र दैनिक