१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो, खानेपानीको समेत अभाव

क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो, खानेपानीको समेत अभाव
अ अ+ अ-

मार्तडी । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएका क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएको छ । गाउँपालिकाले दशरथ मावि, मष्टेश्वरी मावि, देवस्थलीलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिहेको छ । सोही गाउँपालिका–२ माटेसाँघुमा रहेको देवस्थली माध्यमिक विद्यालयमा क्वारेनटाइन निर्माण गरेको भए पनि व्यवस्थापन राम्रो नभएको क्वारेनटाइनमा बसेका यज्ञ शाहीले बताए । बस्ने बेञ्चबाहेक अन्य कुनै पूर्वाधार नभएको र अमानवीय व्यवहार गरिएको उनीहरुले आरोप लगाएका छन् । हाल धनगढीबाट आएका २५ जना सोमबारबाट उक्त क्वारेन्टाइनमा बस्न थालेका छन् तर उनीहरुको बसाइ र सुरक्षाको अवस्था असुरक्षित र अव्यवस्थित छ ।

क्वारेनटाइनमा बस्दा स्वास्थ्य जाँच गर्नुपर्ने भए पनि कुनै पनि जाँच नगरेको र जाँचबिना नै क्वारेनटाइनमा राखिएको उनीहरुको गुनासो छ । २५ जनामा महिला र बालबालिका भए पनि व्यवस्थापन भने केही नभएको पाइएको छ । आफूहरुले घरबाट आफन्तसँग लुगा मगाएर बस्ने गरेको शाहीको भनाइ छ । वडाध्यक्ष मीनबहादुर शाहीले भने आफूहरुले व्यवस्थापन गर्न लागिपरेको र गलत प्रचारमा नलाग्न आग्रह गरे । धेरै जना एकसाथ आएकाले केही असुविधा भए पनि व्यवस्थापन तत्काल गर्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए। प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने त्यसबारे बुझेर व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए ।

खानेपानीको समेत अभाव

पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकुको स्वामीकर्तिक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानीसमेतको अभाव हुँदा क्वारेन्टाइनमा बस्नेले दैनिक कष्ट भोग्दै आएका छन् । क्वारेन्टाइनमा खान, बस्न र लत्ताकपडाको उपलब्धताभन्दा पनि खानेपानीसमेत अभाव रहेको पाइएको छ । जुकुमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा खानेपानीसमेत नभएको क्वारेन्टाइनमा बसेका दिनेश खत्रीले बताए ।

उनले तीन दिनदेखि गाउँपालिका र वडा कार्यलयले क्वारेन्टाइनमा राखे पनि खान, लत्ताकपडासमेत आफ्नै घरबाट ल्याउनुपरेको गुनासो गरे । जिल्ला बाहिरबाट आएर गाउँपालिकाका वडाले निर्माण गरेका क्वारेन्टाइनमा बसेर आधारभूत आवश्यकता खानेपानी, खान, बस्न र ओछ्याउनेसमेतको व्यवस्था नभएकाले कष्टकररूपमा दैकिनी बिताउनुपरेको नरेश खत्रीले दुखेसो गरे । स्वामिकार्तिक खापर गाउँपालिका–३ का वडाध्यक्ष वीरजित कट्टेलले क्वारेन्टाइनमा बसेकाका लागि खानेपानी, ओढ्नेओछ्याउने, खान र बस्नका गरेको बताए ।