२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता
अ अ+ अ-

लुम्बिनी । आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला अदालत घोराहीमा मनोनयनका लागि स्थान र समय तोकिएको थियो ।

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट  राजेन्द्रलक्ष्मी गैरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । जनमोर्चाका तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराएको अधिकृत थापाले जानकारी दिनुभयो । 

नेकपा एमालेबाट लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती उपाध्याय र दलिततर्फ गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

लुम्बिनीबाट तीन जनाको पदावधि सकिँदैछ । महिलामा कोमल वली, अन्यमा दुर्गनारायण पाण्डेय र दलितमा रामलखन चमारको स्थानमा पदपूर्ति गर्न निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले जानकारी दिनुभयो । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन लागेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशको निर्वाचन घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । लुम्बिनी प्रदेशसभाका प्रदेशसभा सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख गरी २१५ गरी २९६ मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभा निर्वाचन ऐनको दफा पाँचमा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ ।