२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच (आज) बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच आगामी बजेटमा विषयमा छलफल गर्न भेटवार्ता भएको हो ।

सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेका अनुसार भेटमा संघीय संसदको बजेटबारे छलफल भएको हो । बजेट (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।

संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।