१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

आगामी मनसुनमा पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने

आगामी मनसुनमा पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने
अ अ+ अ-

काठमाडौं । आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । साथै क्षेत्रगतरूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ । यद्यपि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको छ भने अन्य भूभागहरुमा त्यो भन्दा कम वर्षा हुने सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो आँकलन विभागको मनसुनी वर्षा आँकलन गर्ने प्रारुप र दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चले सार्वजनिक गरेको दक्षिण एशियाको आगामी मनसुनी वर्षाको आँकलनका आधारमा तयार गरिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिनुभयो । सामान्यतया सरदर वर्षा भन्नाले कुनै पनि स्थानको लामो समय (सन् १९८१ देखि २०१०) को ३४ देखि ६७ प्रतिशतको वर्षालाई जनाउँदछ भने सरदरभन्दा कम र बढीको वर्षा भन्नाले क्रमशः ३४ प्रतिशतभन्दा कम र ६७ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।

यस वर्ष बङ्गलादेशको ढाकामा यही वैशाख ८ देखि १० गतेसम्म दक्षिण एशियाली मुलुकहरुको जलवायु दृष्टिकोणसम्बन्धी साझा मञ्चको १६औँ सत्र कोभिड–१९ को महामारीका कारण ‘अनलाइन सत्र’को रूपमा सम्पन्न भएको थियो । उक्त भिडियो कन्फ्रेन्समा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, भूटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, अफगानिस्तान र म्यान्माका सरकारी सेवाका मौसम विज्ञानका विज्ञहरु र विश्व मौसम सङ्गठन, विश्व मौसम सङ्गठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिसलगायत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उहाँले बताउनुभयो ।

यस मञ्चले मुलतः यस वर्षको मनसुनमा दक्षिण एशियाली मुलुकमा हुने वर्षाको अवस्था कस्तो रहन्छ भन्ने विषयमा छलफल केन्द्रित रही यसको आँकलनसमेत गरेको छ । मञ्चका अनुसार दक्षिण एशियाका धेरै भागमा यस वर्षको मनसुनी वर्षा साधारणतयाः सरदर हुने भन्दै आफ्नो साझा दृष्टिकोण सार्वजनिक गरेको छ । सो दृष्टिकोण बमोजिम नेपाल, भारतलगायत धेरैजसो देशमा यस वर्षको मनसुन सिजनमा सरदर वर्षा हुने सम्भावना रहेको छ भने दक्षिणी तथा मध्य पाकिस्तानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

उक्त साझा दृष्टिकोण दक्षिण एशियाको हावापानीलाई मुख्य प्रभाव पार्ने विद्यमान जलवायुको अवस्था र विश्वव्यापी जलवायु प्रारुपको ऋतुगत पूर्वानुमानको प्राविधिक विश्लेषण गरी मौसामविद्हरुद्वारा तयार गरिएको वरिष्ठ मौसमविद् डा कँडेलले बताउनुभयो । साझा दृष्टिकोण तयार गर्ने क्रममा दक्षिण एशियाको जलवायुलाई प्रभाव पार्ने प्रशान्त महासागर र हिन्द महासागरको पानीको तापक्रममा निर्भर रहने जलवायु मोडल र अन्य सूचकको आँकलनसँगै अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी तयार गरिएको छ ।