१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पत्रकारलाई आर्थिक समस्या



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)संक्रमण रोकथामका लागि लकडाउन लागू भएसँगै मृगौला पीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक समस्यामा परेको छ ।

लकडाउनले काम गर्न नपाएपछि पत्रकार पाल्पालीको उपचार खर्च जुटाउन समस्या भएको उहाँकी श्रीमति रेणुका भट्टराईले बताउनुभयो । यस्तै घरमा खाद्यान्नको समेत समस्या भएको भट्टराईले बताउनुभयो । लकडाउन लम्बिदै गएपछि समस्या पनि थपिदै गएको उहाँले बताउनुभयो । आर्थिक समस्या परेपछि पत्रकार पाल्पालीले खाने औषधिको अभाव भएको छ भने बालबच्चालाई भोकै सुताउनुपर्ने अवस्था आएको भट्टराईले बताउनुभयो । साहित्यकार समेत रहनुभएका पाल्पाली दुवै मृगौला फेल भएपछि २०७० साल यता उपचार गराउँदै आउनुभएको छ । आफु पनि मधुमेहको बिरामी भएकोले अझै बढी समस्या आएको श्रीमति भट्टराईले बताउनुभयो ।

पाल्पाली नेपाल बोर्डर साप्ताहिकका प्रकाशन तथा सम्पादक हुनुहुन्छ । पाल्पालीलाई अहिले हप्तामा तीन दिन डाइलासिस गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार सीएपीडी विधिअनुसार घरमै डाइलासिस हुँदै आएको छ । तर लकडाउनले आम्दानी नभएको र सीएपीडी डाइलासिस गर्ने औषधि खरिद गर्न नसकेको दुखेसो भट्टराईले पोख्नुभयो । पाल्पालीको परिवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोलमा बस्दै आउनुभएको छ ।