१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालहरू निष्क्रिय भईरहँदा प्रधानमन्त्रीको सचिवालय फेसबुक र ह्वाट्सएपमा सक्रिय



अ+ अ-

काठमाडौं । सरकारले विहिबार दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णय अनुसार सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जालहरू यतिबेला निष्क्रिय हुने प्रक्रियामा छन् ।

सामाजिक सञ्जालहरू निष्क्रिय भईरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप ग्रुप भने सक्रिय भइरहेको छ । प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज ‘पीएम केपी शर्मा ओली सेक्रटेरियट’ र ‘बालकोट’ नामको फेसबुक पेजबाट एमाले विधान महाधिवेशनसम्वन्धी स्टाटस र तस्बिरहरू पोस्ट भएका छन् । यस्तै, सचिवालयको ह्वाट्सएप ग्रुपबाट पनि सूचना र तस्बिरहरू सम्प्रेषण भइरहेका छन् ।

यसरी, प्रधानमन्त्रीको अफिसियल फेसबुक पेजबाटै पोष्ट भईरख्दा नीति निर्माताहरू नै आफूले गरेको निर्णयमा अडिग नभएको भन्दै सामाजिक सञ्जालमै आलोचना भईरहेको छ ।

अहिलेसम्म ९० वटा इन्टरनेट सेवा प्रदायक संस्थाले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गरेका नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट १०८ वटा इन्टरनेट सेवा प्रदायक संस्थाले अनुमति लिएका छन् । जसमा बाँकी रहेको बाट पनि सामाजिक सञ्जाल बन्द हुने क्रममा रहेको नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।