१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उद्योगलाई विद्युतमा २० प्रतिशत छुट दिन महासंघकाे आग्रह

उद्योगलाई विद्युतमा २० प्रतिशत छुट दिन महासंघकाे आग्रह
अ अ+ अ-

काठमाडाैं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले उर्जा मन्त्री वर्षमान पुन समक्ष बुधबार उर्जा मन्त्रालयमा भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसायनै संकटमा परेकाले उद्योग व्यवसाय क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल सहित निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको सो अवसरमा अहिलेको कोरोना संकटमा उद्योग व्यवसायलाई दुई वर्षसम्मका लागि विद्युतमा २० प्रतिशत छुट दिन माग गरिएको छ ।

सो अवसरमा निजी क्षेत्रका तर्फबाट अहिले उद्योगहरू बन्द रहेका र उनीहरुले विद्युत् प्रयोग समेत नगरेकाले विद्युत प्राधिकरणले कम्तिमा चार महिनाका लागि डिमान्ड चार्ज छुटदिन समेत मन्त्री पुनः समक्ष आग्रह गरिएको महासंघले जनाएकाे छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको छ ।


सो अवसरमा प्रतिनिधिमण्डलकातर्फबाट विभिन्न जिल्लाहरूमा निर्माण भैरहेका जलविद्युत आयोजनाहरूको निर्माणमा विभिन्न बाहनामा अवरोध हुंदै आएकाले निर्माण कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा समन्वय गरी सहयोग गर्न पनि आग्रह गरिएको थियो ।

निजी क्षेत्रका तीनओटै संस्थाहरूले अहिलेको संकटको अवस्थामा उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि मौद्रीक, श्रम तथा रोजगार, विद्युत क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सुझाव तयार गरी सरकारका विभिन्न निकायहरूमा बुझाएका छन ।