३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

अमेरिकी करबीच भारतीय सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्ने शक्ति प्राप्त

अमेरिकी करबीच भारतीय सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्ने शक्ति प्राप्त
Workers pack solar panels at a ReNew manufacturing plant on the outskirts of Jaipur, India, Thursday, Aug. 21, 2025. (AP Photo/Manish Swarup)
अ+ अ-

एजेन्सी । रङ्गीन बजार र ऐतिहासिक दरबारका लागि प्रसिद्ध जयपुरको छेउमा रहेको एक औद्योगिक परिसर अहिले भारतको सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धामा अघि बढाउने केन्द्र बनेको छ ।

विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले आफ्नो बढ्दो घरेलु ऊर्जा माग पूरा गर्न र चीनसँग बजार हिस्सामा जुध्न सौर्य प्रविधिमा ठूलो लगानी गरिरहेको छ ।

कर छुट प्राप्त विशेष क्षेत्रमा रिन्यु कम्पनीको कारखानाले वार्षिक चार गिगावाट बिजुली उत्पादन गर्न सक्ने मोड्युल उत्पादन गर्छ । यो करिब २५ लाख घरधुरीलाई आवश्यक ऊर्जासँग बराबर छ ।

दुई वर्षमै एक हजार जनालाई रोजगारी दिने यो उद्योग भारतको तीव्र सौर्य वृद्धिको प्रतीक बनेको छ । गत आर्थिक वर्षमै भारतको सौर्य कम्पोनेन्ट उत्पादन क्षमता दोब्बरभन्दा बढी बढेको थियो । “स्वच्छ ऊर्जामा प्रत्यक्ष योगदान दिन पाउनु खुसीको कुरा हो”, रिन्युकी इन्जिनियर मोनिशाले भन्नुभयो ।

तर भारतलाई अझै चीनसँग जुध्न कठिनाइ छ । चीनले विश्वकै ८० प्रतिशतभन्दा बढी सौर्य कम्पोनेन्ट उत्पादन गर्छ र भारतका धेरै निर्माताहरू त्यसकै आपूर्तिमा निर्भर छन् । यता, प्रमुख बजार अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयअनुसार भारतीय सामानमा ५० प्रतिशत कर लगाएको छ ।

यद्यपि भारतको घरेलु मागले यो दबाब कम गर्ने विश्लेषकहरूको भनाइ छ । हालै अमेरिकामा भारतले उत्पादन गरेको प्यानलमध्ये करिब एक तिहाइ बेचिएको थियो । त्यस आम्दानीले भारतीय कम्पनीहरूलाई आपूर्ति श्रृङ्खला अद्यावधिक गर्न मद्दत गरेको छ । “भारतजस्तो ठूलो बजारले आफ्नै मोड्युल अवशोषित गर्न सक्छ, हामी निर्यातमा मात्र निर्भर रहनु पर्दैन”, ऊर्जा विश्लेषक चरिथ कोन्डाले भन्नुभयो ।

हैदराबादको भेगा सोलार जस्तै कम्पनीहरूले पनि कोभिड–१९ पछि निर्यातभन्दा घरेलु बजारमा ध्यान दिन थालेका छन् । “पहिले ९० प्रतिशत निर्यात हुन्थ्यो, अहिले ९० प्रतिशत बिक्री भारतमै हुन्छ”, कम्पनी निर्देशक विनय किसाराले भन्नुभयो ।

भारतले स्वच्छ ऊर्जामा महत्त्वाकांक्षी लक्ष्य राखेको छ । सन् २०३० सम्म पाँच सय गिगावाट नवीकरणीय ऊर्जा पुर्‍याउने योजनाअनुसार अहिले एक सय ७० गिगावाट बराबरका परियोजना पाइपलाइनमा छन् । सरकारी प्रोत्साहन, आयातमा प्रतिबन्ध र अनिवार्य घरेलु खरिद नीतिले उद्योगलाई गति दिएको रिन्युका अध्यक्ष सञ्जय वर्गीसले बताउनुभयो ।

यद्यपि भारत अझै चीनबाट कच्चा माल आयातमै निर्भर छ । यस वर्षको पहिलो त्रैमासिकमा मात्र एक अर्ब ३० करोड डलर बराबरका सौर्य सेल र मोड्युल आयात गरियो, तर यो गत वर्षको तुलनामा एक तिहाइभन्दा कम हो । विश्लेषकहरूले सन् २०३० सम्म भारतले प्रायः सबै सामग्री उत्पादन गर्ने तर पोलिसिलिकन मात्र आयात गर्नुपर्ने अनुमान गरेका छन् ।

मार्चमा सकिएको आर्थिक वर्षमा भारतको सौर्य मोड्युल उत्पादन क्षमता दोब्बर भएर ७४ गिगावाट पुगेको छ भने सेल उत्पादन नौ गिगावाटबाट २५ गिगावाटमा तीन गुणा बढेको छ ।

भारतमा आवश्यक खानी र प्रशोधन पूर्वाधार अझै अपुग भए पनि सरकारले खनिज उत्पादन र प्रशोधनमा पहल गरिरहेको छ । राष्ट्रिय सौर्य ऊर्जा महासङ्घका शुभाङ पारेखका अनुसार आपूर्ति शृङ्खला अझै विकास हुँदैछ, तर आगामी वर्षहरू नै भारतको क्षमता कति टाढासम्म पुग्छ भन्ने निर्णायक हुनेछन् ।