१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको कोरोना संक्रमण विश्वमै फरक छ: डा. रवीन्द्र पाण्डे



अ+ अ-

संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पुरा भएको छ । चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनिया पर्यटकहरुको आवतजावत बाक्लो नै थियो । त्यस्तै युरोप, अरबियन देश तथा भारतबाट आउने संख्या पनि कम थिएन । गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली बिद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा डिसेम्बरको अन्त्य, जनवरी र फेब्रुवरीमा कोरोना संक्रमण फैलिएको हुनसक्छ । त्यो समयमा अधिकांश नेपालीलाई असाध्यै कडा रुघाखोकी, ज्वरो लगायतको समस्या फैलिएको थियो । हामीले मौसमी रुघाखोकीको रुपमा बुझेको त्यो बेलाको रुघाखोकी निको हुन धेरै दिन लाग्ने प्रकृतिको थियो ।

अन्य बर्षभन्दा त्यो बेलाको रुघाखोकीमा सास फेर्न गाह्रो हुने, वान्ता तथा पखाला लाग्ने प्रकृतिको थियो । तसर्थ नेपालमा कोरोना संक्रमण एक चरणमा फैलिएर लकडाउनको कारण नियन्त्रणमा आएको अनुमान गर्न सकिन्छ । यसबाट अधिकांश नेपाली इम्युन भएको हुनसक्छ । यो अनुसन्धानको पक्ष हो । नेपालमा र्यापिड टेस्ट गर्दा हजारौं जनामा पोजिटिभ देखिने तर पिसिआर टेस्टमा नेगेटिभ देखिनुको कारण रोग निको भएर एन्टीबोडी देखिएको पनि हुनसक्छ ।
कोरोना संक्रमण एकपटक निको भएपछि ५-१० % जनसंख्यामा पून : देखिन सक्छ । तर त्यो घातक हुँदैन । निको भएपछि पून : संक्रमण हुने केसमा एकै परिवारका १-२ जनालाई लाग्न सक्छ तर अरुलाई नलाग्न पनि सक्छ ।

हामीकहाँ यो खालको कोरोना संक्रमण देखिएको छ । अर्को के अनुमान गर्न सकिन्छ भने नेपालमा फैलिएको मौसमी रुघाखोकीमा मिसिएको भाइरस कोरोना भन्दा कडा थियो कि ? कडा भन्नाले घातकमात्र होइन । त्यस्तै नेपालमा पहिले फैलिएको कोरोना संक्रमण कमजोर स्ट्रेनको हुनसक्छ । त्यो समयमा सरकारी तथा निजि अस्पतालमा कति जनाको मृत्यु भएको थियो भनेर मृतकको तथ्यांक तथा रोगको प्रकृति अध्ययन गर्न आबश्यक देखिन्छ । नेपालमा संक्रमण देखिएका पहिला २ -४ केसबाहेक कुनै पनि व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । एकजना पनि संक्रमित आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको छैन । जोखिम उमेर तथा अवस्था भएका २ जना ६५ बर्षिय र एकजना ८१ बर्षिय संक्रमित सजिलै निको भएर घर फर्किएका छन् ।

बिदेशमा संक्रमण भएर नेपाल आएका अधिकांश व्यक्तिहरुको प्राय : २८ – ३५ दिनमा रोग पत्ता लागेको छ । ती बिरामीहरु लक्षण देखिएर वा अस्पताल पुगेर जांच गरिएका थिएनन् स्थानीयको उजुरी वा खोजबिन गरेर जांच गर्दा, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको जांच गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको हो | यसबाट के बुझिन्छ भने उनीहरु अधिकांश निको हुन लागेको अवस्थामा थिए । अर्को अनुमान के गर्न सकिन्छ भने नेपालमा हाल देखिएको कोरोना भाइरस म्युटेसन हुँदै अत्यन्तै कमजोर प्रजातिको हुनसक्छ । अहिले संसारमा कोरोना संक्रमण झन्डै ५० % Asymptomatic अर्थात लक्षणबिहिन देखिएको छ | छिमेकी देशहरुमा लक्षणविहिन कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पनि लक्षणबिहिन कोरोना संक्रमण समुदायमा हुनसक्छ । लकडाउनको कारण संक्रमण फैलिन पाएको छैन । कारणबश फैलिएपनि नेपालमा मृत्यु हुने संख्या नगन्य हुने अनुमान गर्न सकिन्छ । नेपालको हावापानी, आहारविहार, परम्परा, चालचलन कोरोना भाइरसको अनुकुल देखिएको छैन | अन्य देशको तुलनामा नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ । हाम्रो क्षमतामा हामीले शंका गर्नु जरुरी छैन । लकडाउनलाई सुरक्षित अवतरण गर्ने, सामाजिक दुरी कायम गर्ने, परिक्षणको दायरा बढाउने, पोषिलो खाना खाने, सरसफाईमा ध्यान दिने, व्यायाम / योग / ध्यान गर्ने, तनाब ब्यबस्थापन गर्ने तथा सिमाना १०० % शिल गर्ने हो भने नेपाल तथा नेपाली आन्तरिक रुपमा अत्यन्तै मजबुत छौं । डा. रवीन्द्र पाण्डेको फेसबुकबाट