१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको बम विस्फोटको घटनाको अनुसन्धान गर्न कांग्रेसको माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले बिहीबार रोल्पामा भएको बम बिस्फोट घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ । चार जना बालबालिकाको ज्यान जाने गरी रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ ।

शुक्रबार पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै चार अवोध बालबालिकाको मृत्यु भएको यो घटनाबाट कांग्रेससँगै सिंगो देश मर्माहत भएको बताएका छन् । ‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ।

यो घटनाको गहिरो अनुसन्धान गर्न सरकारसँग माग गर्दै कांग्रेसले भनेको छ, ‘जहाँ कहिँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।’