१३ असार २०८३, शनिबार
,
Latest
अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : चट्याङ्ग र असिनासहित वर्षा हुने पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पूर्वी  भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको बताएको छ। 

महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशको मध्य र पूर्वी भू-भागमा पूर्ण बदली रहि पश्चिमी भू-भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ।

यस्तै, शनिबार दिउँसो देशको मध्य र पूर्वी भू-भागका साथै पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली भई देशका पहाडी भूभागका केहि  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ।

राति, देशको पहाडी भू-भागमा सामान्य बदली तथा पूर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि  स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।