७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

गाजामा युद्धका कारण कम्तीमा २१ हजार बालबालिका अपाङ्ग, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

गाजामा युद्धका कारण कम्तीमा २१ हजार बालबालिका अपाङ्ग, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता
अ+ अ-

जेनेभा। इजरायल र हमासबीच सन् सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धयता गाजा क्षेत्रमा कम्तीमा २१ हजार बालबालिका अपाङ्ग बनेको संयुक्त राष्ट्रसङ्घको एक समितिले जानकारी दिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिका अनुसार, युद्ध सुरु भएयता करिब ४० हजार ५०० बालबालिकाले नयाँ चोटपटक बेहोरेका छन्, जसमा आधाभन्दा बढी अपाङ्गतामा पुगेका छन् । समितिको भनाइ अनुसार, अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि सहायताविना बालुवा र हिलोमा घिसारिँदै भाग्न बाध्य बनाइएको विवरणहरू आएका छन्, जुन अत्यन्तै अमानवीय र असुरक्षित अवस्था हो ।

जीवनयापनमा चरम कठिनाइ

समितिले गाजामा मानवीय सहयोगमा लगाइएको रोकले अपाङ्गता भएका व्यक्तिहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको जनाएको छ ।

“यिनीहरूले खानेकुरा, सफा पानी र सरसफाइको अत्यन्तै कमी भोगेका छन् र आफ्नो जीवन जोगाउन अरूमा निर्भर रहनुपरेको अवस्था देखिएको छ,” समितिले जनाएको छ ।

सहयोग केन्द्रको सङ्ख्या कम, पहुँच झन् गाह्रो

इजरायल र अमेरिका समर्थित एउटा निजी संस्थाले गाजामा केवल चार वटा सहायता वितरण केन्द्र सञ्चालनमा ल्याएको छ, तर यसअघि संयुक्त राष्ट्रसङ्घको संयन्त्र अन्तर्गत झन्डै ४ सय केन्द्रहरू क्रियाशील थिए ।

युद्धले नष्ट पारेका संरचना, बाटोघाटा तथा सहायता पुग्ने स्थानहरूमा पु¥याउने उपकरणहरूको अभावले गर्दा धेरैलाई राहत लिन समेत गाह्रो भएको बताइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई ठूलो समस्या

समितिका अनुसार, झन्डै ८३ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हिँडडुल गर्न सहयोग गर्ने उपकरणहरू गुमाएका छन् र नयाँ उपकरण किन्न सक्ने आर्थिक अवस्था उहाँहरूसँग छैन । समितिले युद्धबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष र ठूलो मानवीय सहायता तुरुन्तै पु¥याउनुपर्ने आवश्यकता औंल्याएको छ । साथै, सबै पक्षलाई अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा, अधिकार र जीवन रक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ ।

युद्ध सुरु भएदेखि हालसम्म कम्तीमा एक लाख ५७ हजारभन्दा बढी व्यक्ति घाइते भएका, जसमा करिब २५ प्रतिशत दीर्घकालीन अपाङ्गता जोखिममा रहेको समितिले जनाएको छ ।

समितिले इजरायल सरकारलाई अपाङ्गता भएका बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई लक्षित सुरक्षित स्थानान्तरणका व्यवस्था मिलाउन आग्रह गरेको छ ।

समितिले अन्त्यमा भन्यो,“इजरायलले अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित रूपमा आफ्ना घर फर्किन दिने र फर्कनका लागि आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउनुपर्छ ।”(रासस/एएफपी):