२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा युद्धका कारण कम्तीमा २१ हजार बालबालिका अपाङ्ग, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता



अ+ अ-

जेनेभा। इजरायल र हमासबीच सन् सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धयता गाजा क्षेत्रमा कम्तीमा २१ हजार बालबालिका अपाङ्ग बनेको संयुक्त राष्ट्रसङ्घको एक समितिले जानकारी दिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिका अनुसार, युद्ध सुरु भएयता करिब ४० हजार ५०० बालबालिकाले नयाँ चोटपटक बेहोरेका छन्, जसमा आधाभन्दा बढी अपाङ्गतामा पुगेका छन् । समितिको भनाइ अनुसार, अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि सहायताविना बालुवा र हिलोमा घिसारिँदै भाग्न बाध्य बनाइएको विवरणहरू आएका छन्, जुन अत्यन्तै अमानवीय र असुरक्षित अवस्था हो ।

जीवनयापनमा चरम कठिनाइ

समितिले गाजामा मानवीय सहयोगमा लगाइएको रोकले अपाङ्गता भएका व्यक्तिहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको जनाएको छ ।

“यिनीहरूले खानेकुरा, सफा पानी र सरसफाइको अत्यन्तै कमी भोगेका छन् र आफ्नो जीवन जोगाउन अरूमा निर्भर रहनुपरेको अवस्था देखिएको छ,” समितिले जनाएको छ ।

सहयोग केन्द्रको सङ्ख्या कम, पहुँच झन् गाह्रो

इजरायल र अमेरिका समर्थित एउटा निजी संस्थाले गाजामा केवल चार वटा सहायता वितरण केन्द्र सञ्चालनमा ल्याएको छ, तर यसअघि संयुक्त राष्ट्रसङ्घको संयन्त्र अन्तर्गत झन्डै ४ सय केन्द्रहरू क्रियाशील थिए ।

युद्धले नष्ट पारेका संरचना, बाटोघाटा तथा सहायता पुग्ने स्थानहरूमा पु¥याउने उपकरणहरूको अभावले गर्दा धेरैलाई राहत लिन समेत गाह्रो भएको बताइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई ठूलो समस्या

समितिका अनुसार, झन्डै ८३ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हिँडडुल गर्न सहयोग गर्ने उपकरणहरू गुमाएका छन् र नयाँ उपकरण किन्न सक्ने आर्थिक अवस्था उहाँहरूसँग छैन । समितिले युद्धबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष र ठूलो मानवीय सहायता तुरुन्तै पु¥याउनुपर्ने आवश्यकता औंल्याएको छ । साथै, सबै पक्षलाई अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा, अधिकार र जीवन रक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ ।

युद्ध सुरु भएदेखि हालसम्म कम्तीमा एक लाख ५७ हजारभन्दा बढी व्यक्ति घाइते भएका, जसमा करिब २५ प्रतिशत दीर्घकालीन अपाङ्गता जोखिममा रहेको समितिले जनाएको छ ।

समितिले इजरायल सरकारलाई अपाङ्गता भएका बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई लक्षित सुरक्षित स्थानान्तरणका व्यवस्था मिलाउन आग्रह गरेको छ ।

समितिले अन्त्यमा भन्यो,“इजरायलले अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित रूपमा आफ्ना घर फर्किन दिने र फर्कनका लागि आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउनुपर्छ ।”(रासस/एएफपी):