२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड



अ+ अ-

तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै भण्डारीले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो ।

तनहुँ क्षेत्र नं २ बाट निर्वाचित सांसदसमेत रहनुभएका भण्डारीले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । भण्डारीले नयाँ शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकाले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

समुदायस्तरबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसले यस क्षेत्रको शैक्षिक उन्ननयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो क्याम्पसमा हाल तीन हजार १०० विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । रासस