७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

गणपूरक सङ्ख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन

गणपूरक सङ्ख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन
अ+ अ-

काठमाडौँ। गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठकमा  ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत हुन सकेन ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सो प्रस्ताव पेस गर्नुभएको  थियो ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएपछि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक सङ्ख्या यकीन गर्न माग गर्नुभयो । सभामुख घिमिरेले तीन मिनेट जनाउ घण्टी बजाइ सङ्ख्या यकीन गर्दा ४९ जना मात्रै सांसद उपस्थित हुनुहुन्थ्यो ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव पारित गर्न कूल सदस्य सङ्ख्याको एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, गणपूरक सङ्ख्या यकीन गर्दा ४९ जना मात्रै उपस्थित भएका कारण सो प्रस्ताव स्वीकृत हुन सकेन ।

त्यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले पशु चिकित्सा व्यवसायलाई परिभाषित गर्दै पशु चिकित्सक र निज अध्ययन गर्ने शैक्षिक संस्थाको नियमनलाई थप स्पष्ट पार्न खोजिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ऐनको क्षेत्राधिकारमा पशु चिकित्सक र पशु चिकित्सा अध्ययन गर्ने शैक्षिक संस्थाको नियमन रहेको छ । योग्यता नै नपुगीकन पशुको सर्जरीजस्ता गम्भीर कार्य गर्नेजस्ता कार्य भएकाले पशु कल्याणका विषयलाई सुनिश्चित गर्न खोजिएको छ ।”

यो ऐनले पशुपालन वा पशु विज्ञान अध्ययन गरेका पशु चिकित्सक बाहेकका अन्य प्राविधिक वा विशेषज्ञ जनशक्तिलाई नियमन नगर्ने बताउँदै मन्त्री अधिकारीले पशुपालक किसानले गुणस्तरीय सेवा उपभोगको संवैधानिक हकलाई सुनिश्चित गर्न खोजिएको बताउनुभयो ।

उहाँले पशुको निरोगिता प्रमाणपत्र, मानव स्वास्थ्यलाई असर पर्ने काम यस विधेयकले नियन्त्रण गर्ने उल्लेख गर्नुभयो । फरक एक प्रसङ्गमा उहाँले  दूध किसानलाई चाँडै बक्यौता भुक्तानी गर्ने दिशामा सरकार रहेको जानकारी दिनुभयो ।

विधेयकमाथिको  छलफलमा माधव सापकोटा, दामोदर पौडेल वैरागी, कान्तिका सेजुवाल, मैना कार्की, प्रतिमा गौतम, सराज अहमद फारुकी, प्रेम सुवाल, हितराज पाण्डे, मंगलप्रसाद गुप्ता, जावेदा खातुन जागा, रमा कोइराला पौड्याल, सरस्वती सुब्बा, रणकुमारी बलम्पाकी मगर, बिजुला रायमाझी, प्रेमबहादुर महर्जन र महेश कुमार बर्तौला सहभागी हुनुभयो ।

बैठकमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुभयो । यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक १९ गते बिहीबार दिनको १ बजे बस्नेछ । रासस