७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अमेरिकी अदालतद्वारा ट्रम्पलाई निर्वासनका लागि युद्धकालीन कानून प्रयोगमा रोक

अमेरिकी अदालतद्वारा ट्रम्पलाई निर्वासनका लागि युद्धकालीन कानून प्रयोगमा रोक
अ+ अ-

एजेन्सी । अमेरिकी सङ्घीय अपिल अदालतले मङ्गलबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलाका कथित गिरोह सदस्यहरूलाई निर्वासन गर्न युद्धकालीन कानून प्रयोग गर्ने कदमलाई अस्वीकार गर्दै केही दक्षिणी राज्यहरूमा यसको प्रयोगलाई रोक लगाउने निर्णय सुनाएको छ ।

ट्रम्पले गत मार्च १५ मा पहिलोपटक १७९८ को एलियन एनिमीज एक्ट (एइए) लागू गर्नुभएको थियो । सो कानूनअन्तर्गत उहाँले ट्रेन डे अरागुआ गिरोहका कथित सदस्यहरूलाई दुई विमानमार्फत एल साल्भाडोरको कुख्यात अधिकतम सुरक्षा कारागार सिइसिओटीमा पठाउनुभएको थियो ।

यो शताब्दीयौँ पुरानो ऐन दोस्रो विश्वयुद्धको समयमा जापानी–अमेरिकी नागरिकहरूलाई हिरासतमा राख्न प्रयोग गरिएको थियो । त्यसयता यसलाई प्रयोग गरिएको थिएन, तर अहिले यसलाई लक्षित गर्दै कानूनी चुनौतीहरूको शृङ्खला सुरु भएको छ ।

टेक्सास, लुइसियाना र मिसिसिपीमा रहेका आप्रवासीहरूलाई निर्वासन गर्न एइएमा भर पर्न नसक्ने ठहर गर्दै पाँचौँ अमेरिकी सर्किट कोर्ट अफ अपिल्सले मङ्गलबार २–१ मतले फैसला सुनायो ।

न्यायाधीश लेस्ली साउथविकले आफ्नो फैसलामा लेख्नुभयो, “उपलब्ध तथ्यहरूले आक्रमण वा शिकारी आक्रमण भएको प्रमाणित गर्दैनन् ।”

त्यसैले याचिकाकर्ताहरूले एइए अनुचित रूपमा लागू भएको दाबी गर्न सक्ने पर्याप्त आधार रहेको उहाँले निष्कर्ष निकाल्नुभयो ।

एइएले युद्धकाल वा ‘आक्रमण वा शिकारी आक्रमण’ को अवस्थामा सरकारलाई शत्रुतापूर्ण राष्ट्रका नागरिकलाई हिरासतमा राख्ने वा निर्वासन गर्ने अधिकार दिन्छ ।

साउथविक र न्यायाधीश इर्मा क्यारिलो रामिरेजको सहमतिमा निष्कासन रोक्ने प्रारम्भिक आदेश जारी गरिएको हो । तर न्यायाधीश एन्ड्र्ययु ओल्डह्यामले भने असहमति जनाउँदै एइएको प्रयोग राजनीतिक निर्णयको विषय भएको टिप्पणी गर्नुभयो ।

“राष्ट्रको प्रारम्भदेखि लिएर राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालसम्म, अदालतले कुनै पनि राष्ट्रपतिको एइएको प्रयोगबारे दोस्रो अनुमान लगाएको इतिहास छैन”, ओल्डह्यामले आफ्नो असहमति अभिव्यक्त गर्दै लेख्नुभयो ।

कानूनी विश्लेषकहरूका अनुसार ट्रम्पको एइएको प्रयोगसम्बन्धी विवाद अन्ततः सर्वोच्च अदालतमा पुग्नेछ ।

ट्रम्पले आफ्नो राष्ट्रपति अभियानकै क्रममा लाखौँ कागजातविहीन आप्रवासीलाई निर्वासन गर्ने वाचा गर्नुभएको थियो । उहाँका धेरै कार्यकारी आदेशहरूले यस विषयमा देशभरका अदालतहरूबाट चुनौतीको सामना गरेका छन् ।

पदभार सम्हालेपछि उहाँले मेक्सिको सीमामा सेना पठाउनुभएको छ, मेक्सिको र क्यानाडाले अवैध प्रवेश रोक्न पर्याप्त काम नगरेको भन्दै कर लगाउनुभएको छ, साथै ट्रेन डे अरागुआ र एमएस–१३८ जस्ता गिरोहलाई आतङ्कवादी समूहको सूचीमा राख्नुभएको छ ।

यसअघि अर्को सङ्घीय अपिल अदालतले गत हप्ता ट्रम्प प्रशासनलाई करिब छ लाख भेनेजुएलालीलाई प्रदान गरिएको अस्थायी संरक्षित स्थिति ९टिपिएस० हटाउने निर्णय तत्काल लागू नगर्न आदेश दिएको थियो ।

प्यु रिसर्च सेन्टरका अनुसार सन् २०२४ मार्चसम्म अमेरिकामा करिब १२ लाख मानिस टिपिएसका लागि योग्य वा प्राप्त गरिरहेका थिए, जसमा सबैभन्दा ठूलो समूह भेनेजुएलालीहरू थिए ।