७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

इजरायलको संदिग्ध आणविक साइटमा तीव्र निर्माण

इजरायलको संदिग्ध आणविक साइटमा तीव्र निर्माण
अ+ अ-

एजेन्सी । विज्ञहरूले विश्लेषण गरेका स्याटेलाइट तस्बिरहरूले इजरायलको लामो समयदेखि शङ्का गरिँदै आएको आणविक कार्यक्रमसँग जोडिएको प्रमुख स्थलमा निर्माण कार्य तीव्र भइरहेको देखाएका छन् ।

उनीहरूका अनुसार यो नयाँ रिएक्टर वा आणविक हतियार संयोजन गर्ने सुविधा हुनसक्छ, तर गोपनीयताका कारण निश्चित भन्न कठिन छ ।

डिमोना नजिकैको शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रमा भइरहेको यो कामले मध्यपूर्वमा एक मात्र आणविक–सशस्त्र राष्ट्रका रूपमा इजरायलको स्थितिबारे फेरि प्रश्न उठाउनेछ ।

निर्माणाधीन संरचनाको स्थान, आकार र धेरै तलाहरू देखिनुका आधारमा यो नयाँ भारी पानी रिएक्टर हुनसक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

यस्तो रिएक्टरले आणविक हतियार निर्माणमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्छ । तर केही विज्ञहरूले यो नयाँ हतियार संयोजन सुविधा पनि हुनसक्ने सुझाएका छन् ।

मिडलबरी इन्स्टिच्युटका आणविक विज्ञ जेफ्री लुइसले भन्नुभयो, “यो सम्भवतः रिएक्टर नै हो । स्थान, आकार र डिमोनाको इतिहास हेर्दा अरू केही भएको कल्पना गर्न गाह्रो छ ।”

इजरायलले आफ्नो आणविक हतियार अस्तित्वबारे पुष्टि वा अस्वीकार गर्दैन । सरकारले र ह्वाइट हाउसले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

– वर्षौंदेखि जारी उत्खनन र निर्माण –

एपीले सन् २०२१ मा पहिलो पटक डिमोना क्षेत्रमा ठूलो उत्खनन भएको रिपोर्ट गरेको थियो । हालैका तस्बिरहरूले भूमिगत संरचना निर्माणमा बाक्लो कङ्क्रीट पर्खाल, धेरै तलाहरू र ठूलो क्रेन प्रयोग भइरहेको देखाउँछन् ।

हालको भारी पानी रिएक्टर सन् १९६० को दशकमा सञ्चालनमा आएको हो, जुन युगका धेरै रिएक्टरभन्दा लामो समय चलिसकेको छ । यसलाई चाँडै प्रतिस्थापन वा पुनःफिट गर्नुपर्ने सङ्केत विज्ञहरूले दिएका छन्।

युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सका एडविन लाइम्यानले भन्नुभयो, “यो नयाँ रिएक्टर वा हतियारसम्बन्धी संरचना हु सक्छ, तर पारदर्शिताको अभावले ठ्याक्कै भन्न कठिन भएको छ ।”

– गोप्यता र शङ्कास्पद क्षमता –

सन् १९८० को दशकमा एक ह्विसलब्लोअरले डिमोनाबारे विवरण सार्वजनिक गरेपछि विज्ञहरूले इजरायलले दर्जनौँ आणविक हतियार बनाइसकेको निष्कर्ष निकालेका थिए ।

यदि नयाँ रिएक्टर बनेमा, इजरायलले प्लुटोनियम वा ट्रिटियम उत्पादन गरेर आफ्नो शस्त्रागार कायम राख्न वा विस्तार गर्न खोजिरहेको हुनसक्छ । ट्रिटियम वारहेडको शक्ति बढाउन प्रयोग हुन्छ र बर्सेनि करिब पाँच प्रतिशत क्षय हुने भएकाले पुनःउत्पादन आवश्यक पर्छ ।

– आणविक अस्पष्टताको नीति –

यहुदी नरसंहारपछि स्थापना भएको इजरायलले सन् १९५० को दशकमा आणविक स्थल निर्माण सुरु गरेको विश्वास गरिन्छ । यसले ‘आणविक अस्पष्टताको नीति’ अवलम्बन गरेको छ, जसले प्रतिद्वन्द्वीहरूलाई अनिश्चिततामा राख्छ ।

इजरायल आणविक हतियार भएको विश्वास गरिएका नौ मुलुकमध्ये एक हो र आणविक अप्रसार सन्धिमा सामेल नभएका चारमध्ये एक हो । यसकारण अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) लाई डिमोनाको निरीक्षण गर्ने अधिकार छैन ।

भियनास्थित आइएइएले भनेको छ, “इजरायल आफ्नो सोरेक अनुसन्धान रिएक्टरबाहेक अन्य आणविक संरचनाबारे जानकारी दिन कानूनी रूपमा बाध्य छैन ।”