१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

‘डिस्‍इन्फेक्टेन्ट टनेल’ कत्तिको प्रभावकारी ? यसो भन्छन् विज्ञ…

‘डिस्‍इन्फेक्टेन्ट टनेल’ कत्तिको प्रभावकारी ? यसो भन्छन् विज्ञ…
अ अ+ अ-

काठमाडौँ । नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने गाडीलाई संक्रमणमुक्त पार्न नागढुंगामा ‘डिस्इन्फेक्टेन्ट टनेल’ जडान गरिएको छ । टनेलमा सोडियम ‘हाइपोक्लोराइट सोलुसन’ र ‘इनोक्लिन’ मिसाइएको पानी छर्किने गरिएको छ । गाडी आएका बेला स्विच थिचेपछि पाइपले रसायनयुक्त पानी छर्किन्छ । कोभिड–१९ संक्रमण फैलिएको क्षेत्रबाट समेत गाडी आउने भएपछि सुन्दर यातायातले शुक्रबारदेखि टनेल सञ्चालन गरेको हो । भक्तपुर प्रवेश गर्ने गाडीमा क्लोरिन मिसाइएको पानी छर्किन थालेको धेरै भइसकेको छ । मारवाडी युवा मञ्चले काठमाडौंको वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धनगढीको सेती र वीरगन्जको नारायणी अस्पतालमा सेनिटाइजर टनेल राखिदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पनि यस्ता टनेल राखिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भने यस्ता टनेलबाट रसायनयुक्त पानी छर्कनुको अर्थ नरहेको बताउँछन् । ‘गाडीभित्र बसेका मानिसले सरसफाइका विधि अपनाएर सुरक्षित भइन्छ । गाडी बाहिर सफा गरेर केही अर्थ छैन । कोभिड–१९ मान्छेबाट मान्छेमा सर्ने रोग हो । हातबाट, संक्रमितले प्रयोग गर्ने सामानबाट र हाच्छ्युँ गर्दा भाइरस सर्छ । क्लोरिन छर्कनु देखावटी र खर्च बढाउने काम मात्रै हो,’ उनले भने । यसरी छर्केपछि आफू सुरक्षित भएको महसुस गरेर व्यक्तिगत सरसफाइमा कम ध्यान जान सक्ने पनि उनले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ माइक्रोबायोलोजिस्ट निरन्जन थापाले डिस्इन्फेक्टेन्टको मिश्रण छर्किनुको अर्थ नरहेको बताए । ‘लुगालाई संक्रमणमुक्त बनाउन खोजेको हो भने पनि त्यसलाई केही समय डिस्इन्फेक्टेन्टमा डुबाएर सुकाएपछि मात्रै त्यो संक्रमणमुक्त हुन सक्छ,’ उनले भने, ‘गाडीको बाहिरी सतहमा छर्किनुको कुनै औचित्य छैन । भाइरस त्यसरी सर्दैन ।’ थापाले आविष्कारका नाममा यस प्रकारका उत्पादनले स्रोतसाधन दुरुपयोग मात्रै गरेको बताए । माइक्रोबायोलोजिस्ट थापाको विचारसँग संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि सहमत छन् । ‘कोभिड–१९ कसरी सर्छ भनेर थाहै नभएको मानिसले झैं व्यवहार गरेको देख्दा अचम्म लाग्छ । कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आए मात्रै यो रोग सर्छ । अहिले सडक, गाडी सफा गरेर नाटक गर्ने समय होइन । राम्रोसँग साबुनपानीले हात धोए भइहाल्यो नि,’ उनले भने ।

डा. सुवेदीले क्लोरिन पानी छर्कंदैमा भाइरस नमर्ने बताए । उनले महामारीको नाममा यसरी स्रोतको जथाभावी दुरुपयोग गर्न नहुनेमा जोड दिए । ‘अहिले त हामीले भएको सामग्री भोलि हुन सक्ने आउटब्रेकका लागि जोगाएर राख्नुपर्छ । गाडी र मान्छेमा क्लोरिन पानी छर्केर केही हुँदैन,’ उनले भने । डिस्इन्फेक्टेन्टका रूपमा प्रयोग गरिने तरल पदार्थमा सोडियम हाइपोक्लोराइट, फिनेल लगायतका रसायन हालिएको हुन्छ । यस्ता डिस्इन्फेक्टेन्ट खास गरेर अस्पताल तथा उद्योग कलकारखानाको भुइँ सफा गर्न प्रयोग हुन्छन् । यी रासायनिक पदार्थको सम्पर्कमा आउँदा आँखा, नाक, मुख, कानका साथै फोक्सो र छालामा पनि असर गर्ने छालारोग विशेषज्ञ डा। सुशील पौडेलले बताए । ‘अस्पतालको भुइँ पुछ्ने रसायन आँखा, नाक, कान, मुख वा छालामा पर्‍यो भने सुरुमा चिलाउन थाल्छ । धेरै पर्‍यो भने अरू असर पनि देखिन्छ । त्यसको गन्ध पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ,’ उनले भने ।

विज्ञहरूले कुनै पनि उपादेयता नदेखेका यस्ता सामग्री किन अस्पतालहरूमै पनि प्रयोग भइरहेका छन् भन्ने जवाफ कसैसँग छैन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत क्रिटिकल केयर विभागका प्रमुख डा. सुवास आचार्यले यस्ता टनेल पैसा र समयको बर्बादी मात्रै भएको बताए । ‘यो वाहियात हो । क्लोरिन पानी छर्केर संक्रमणमुक्त भइँदैन । बरु त्यो पैसाले कुनै अस्पतालको भुइँ पुछे केही दिनलाई सफा हुन्छ,’ उनले भने, ‘हामीलाई आईसीयू पुछ्न क्लोरिन छैन, यहाँ मान्छे सडकमा पीपीई लगाएर गाडीमा क्लोरिन पानी छर्किरहेको देख्छु । उदेक लाग्छ ।’

डा. आचार्यले स्थानीय तहले संक्रमण फैलिन नदिने नाममा दाताबाट प्राप्त पैसा दुरुपयोग गरेको हुन सक्ने उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गर्नुपर्नेसमेत बताए । ‘यो रेडक्रस लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले बिना कुनै प्रमाण यसरी बाटोमा टायर पखाल्ने काम गरिरहेका छन् । यो ठीक होइन । ती सामग्री भोलि महामारी फैलिए अस्पताल सफा गर्न चाहिन्छ । त्यसलाई जोगाउनु पो पर्छ ।’

डा. आचार्यको कुरामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा. सञ्चिवकुमार शर्माको पनि सहमति छ । ‘यस्ता केमिकल निश्चित विधिबाट तयार गरी निश्चित समयमा प्रयोग गर्दा प्रभावकारी हुन्छ,’ उनले भने, ‘डिस्इन्फेक्टेन्टमा प्रयोग गरिने केमिकलले मानिसको छाला, फोक्सो, आँखामा प्रत्यक्ष असर गर्छ । म त टनेलभित्र छिरेर आएँ भनेर मानिसले हात सफा नगर्ने पनि हुनसक्छ ।’ सोडियम हाइपोक्लोराइट मानव शरीरका लागि हानिकारक हुने उनले बताए ।

टनेलमा जडान गरिएको स्प्रिंकल गर्ने पाइप ट्यांकीमा जोडिएको छ, जहाँ डिस्इन्फेक्टेन्ट र पानी मिसाएर जम्मा गरिएको हुन्छ । हाल वीर अस्तालमा दुइटै गेटमा यस्ता टनेल जडान गरिएको छ । बिरामीलाई अस्पताल प्रवेश गर्नुअघि टनेलको स्विच थिचेर छिर्न आग्रह गरिएको छ । वीर अस्पतालका कार्यकारी निर्देशक डा। केदारप्रसाद सेन्चुरीले यसले स्वास्थ्यलाई असर गर्ने भन्दै विवाद भइरहेकाले अब बन्द गर्ने बताए ।

सडकमा समेत क्लोरिन राखेको पानी सवारी साधनमा छर्किने गरिएको छ । जिल्लाजिल्लामा पनि आविष्कारका नाममा यस्ता टनेल स्थानीय तहको सहयोगमा निर्माण गरेर बाटोबाटोमा राखिएका छन् ।

टेकु अस्पतालले सहयोगमा प्राप्त गरेको सेनिटाइजर टनेल प्रयोगमा नल्याएको डा. राजभण्डारीले बताए । ‘सुरुका केही दिन प्रयोग गर्‍यौं । तर अहिले प्रयोगमा छैन,’ उनले भने । सेनिटाइजर टनेलको ट्यांकीमा राखिने केमिकलले कपडासमेत बिगार्ने गरेको राजभण्डारीले जानकारी दिए ।

पुनको परियोजना बन्द

राष्ट्रिय आविष्कार केन्द्रले सेनिटाइजर टनेल बनाउने योजना बन्द गरेको छ । चिकित्सकले टनेलबाट छर्किने केमिकलले स्वास्थ्यमा असर गर्ने सल्लाह दिएपछि यो परियोजना बन्द गरिएको केन्द्रका प्रमुख महावीर पुनले बताए । उनले नमुनाका लागि एउटा तयार गरेर चिकित्सकसँग सल्लाह गरेका थिए । ‘राम्रोका लागि नयाँ प्रविधि बनाउनुपर्नेमा उल्टै असर गर्छ भने, अनि किन बनाउने भनेर रोकें,’ पुनले भने ।

निजी कम्पनीहरूले भने धमाधम यस्ता टनेल बनाइरहेका छन् । रातोपुलस्थित एएसएपी डिजाइन कम्पनीले उपत्यका र बाहिर राखिएको सेनिटाइजर टनेल बनाएको हो । शनिबार कम्पनीमा तीनवटा तयारी अवस्थामा थिए भने थप तीनवटा बन्दै थिए । एउटा टनेल एक लाख ५० हजारमा बिक्री गरिरहेको कम्पनीका सञ्चालक आसिस बन्सलले बताए । कान्तिपुर दैनिक