१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

लकडाउनको समयमा कुटिन थाले कर्णालीका जनप्रतिनिधि

लकडाउनको समयमा कुटिन थाले कर्णालीका जनप्रतिनिधि
अ अ+ अ-

सुर्खेत । घटना १ वैशाख १७ गते, कालिकोट पचालझरना गाउँपालिका १ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद हुँदा कुटिएपछि उनी गम्भीर घाइते भएका छन्। वडापालिकाको बैठक सकेर घर फर्किने क्रममा स्थानीय युवा उमेश न्यौपानेको नेतृत्वमा आएको समूहले वडाध्यक्षमाथि कुटपिट गरेको हो। उनको टाउकोमा ठूलो चोट लागेको छ। घटना २ वैशाख १६ गते, हुम्लाको सर्केघाट गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्ष कर्णजंग शाहीमाथि कुटपिट भयो। गाउँपालिका ५ का वडाध्यक्ष शाहीमाथि प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बैठकमै हातपात गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा कर्मचारीको कार्यसम्पादनविरुद्ध स्टाटस लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्षलाई बैठक कक्षमै कुटपिट गरे।

तर, वडाध्यक्ष शाहीले लकडाउनमा उद्धार, राहत, जनप्रतिनिधिको बैठक तथा भम्रण भत्तालगायत खर्च विवरण माग्दा आफूमाथि सार्वजनिक स्थलमै कुटपिट भएको बताए। कुटपिटमा उनलाई पनि टाउको र शरीरमा चोट चालेको छ। घटना ३ वैशाख ९ गते, जाजरकोट जुनिचाँदे गाउँपालिका(२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपाली राजनीतिक प्रतिशोधका कारण आफ्नै कार्यकक्षमा कुटिएको घटना सेलाउन नपाउँदै गत साता फेरि जाजरकोट भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि कुटपिट भयो। स्थानीयको मृत्युपछि मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दीपेन्द्र शाहीसहितको समूहले हातपात गरेको हो। गाउँमा योजना पार्दा नगरप्रमुखले पक्षपात गरेको भन्दै आक्रमण भएपछि घर्तीको आँखा र मुखमा चोट लागेको छ।

पछिल्लो पटक लकडाउनकै समयमा कर्णालीका जनप्रतिनिधि कुटिन थालेका छन्। कोरोना माहामारीको संक्रमणबाट बचाउन राहत, उद्धार तथा विकासका नाममा अनियमितता बढेको भन्दै जनप्रतिनिधि कुटिन थालेका हुन्। आफ्नो पक्षलाई योजना दिएको, भ्रष्टाचार गरेको जस्ता आरोपमा जनप्रतिनिधिमाथि आक्रमण बढ्दै गएको छ। तर, गुण्डागर्दी शैलीमा राजनीतिक प्रतिशोध साट्ने हिसाबले आफूमाथि कुटपिट भइरहेको जनप्रतिनिधिको आरोप छ।

कार्यकक्षमै जातीय विभेद

कर्णाली जनप्रतिनिधिमाथि कार्यकक्षमै कुटपिटसँगै दुर्व्यवहार पनि हुने गरेको छ। गत वर्ष जुम्ला तातोपानी गाउँपालिका कार्यपालिकाको बैठकमा दलित वडा सदस्यमाथि खाजा, नास्तामा विभेद गरियो। दलित जनप्रतिनिधिले छोएको खाजा नखाने भन्दै माथिल्लो जातिका जनप्रतिनिधिले बैठकमै विभेद गरेका थिए। केही महिनाअघि मात्रै कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ६ का वडाध्यक्ष रंगराज सार्कीमाथि कार्यकक्षमै जातीय विभेद भयो। सोही वडासचिव रामप्रसाद संज्यालले उनीमाथि जातीय विभेद गरेका थिए। ‘वडासचिवले गाउँपालिकाको स्टोर र योजना शाखामा काम गर्दै आएपछि वडाको कामकाजमा समस्या भयो। सोही कारण मैले अर्को वडासचिव पठाइदिन गाउँपालिकामा अनुरोध गरेको थिएँ’, पीडित वडाध्यक्षले भने, ‘त्यसैको रिस फेर्न मलाई कार्यालयमै वडासचिवले ‘डुम’ दलितजस्ता अपशब्द प्रयोग गर्दै पटक(पटक गालीगलोज गर्दै आएका छन्।’

कालिकोटकै खाँडाचक्र नगरपालिका(२ का वडाध्यक्ष बिर्खसिंह विकले पनि आफूहरूमाथि जातीय विभेद हुने गरेको स्विकारे। जातीय विभेदका नाममा जनप्रतिनिधिले कार्यकक्षमै स्थानीयवासी, कर्मचारी तथा प्रतिनिधिबाटै दुर्व्यवहार सहनुपरेको हो। तर, कतिपय घटना सार्वजनिक हुन्छन् भने कतिपय गुपचुपमै मिलाइने गरिन्छ। अन्नपुर्णपोष्ट दैनिक