२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया



अ+ अ-

काठमाडौँ । नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रश्ताव अघि बढाउनुभएको छ ।

उहाँले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभएको हो । हेटौंडास्थित प्रदेशसभा परिसरमा कुराकानी गर्दै थपलियाले प्रत्यक्ष निर्वाचन प्रणालीले सरकारलाई पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने वातावरण दिन्छ र जनतासँगको अपनत्व पनि बढाउँछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकार स्थिर रहनसक्यो भने विकास निर्माणका कुराहरू पनि निरन्तर रूपमा अघि बढ्नसक्ने बताउनु भयो । त्यसैले अब संविधानमै आवश्यक संशोधन गरेर यस्तो प्रणालीमा जानुपर्ने बेला आएको उहाँको भनाइ छ । थपलियाले अहिलेको राजनीतिक प्रणालीमा सरकार ढल्ने, समर्थन फिर्ता हुने र बारम्बार सत्ता परिवर्तन हुने क्रमले विकासको गति अवरुद्ध भएको उल्लेख गरे । प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनप्रतिनिधि आउँदा जनताले आफैंले चुनेको नेतृत्वसँग प्रत्यक्ष रूपमा हिसाव—किताव माग्नसक्ने वातावरण बन्ने भन्दै उनले उक्त प्रणाली लोकतान्त्रिक अभ्याससँग पनि मेल खाने बताउनु भयो ।

उहाँले पार्टीभित्र देखिएको आन्तरिक बहस स्वाभाविक प्रक्रिया भएको बताउनु भयो ।




भर्खरै