१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

कोरोना भाइरसको जिन विश्‍लेषण किन रोकियो ?

कोरोना भाइरसको जिन विश्‍लेषण किन रोकियो ?
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमितको संख्या बढ्दै जान थाले पनि विस्तृत रूपमा भाइरसको ‘जिन’ को विश्लेषण गरिएको छैन । कोरोना भाइरसको जिनको विश्लेषण गरे यसको अवस्थाबारे जानकारी हुन्छ । चीनको वुहानबाट गत माघ ९ मा फर्किएका ३२ वर्षीय कोभिड संक्रमित एक जना नेपालीको भाइरसको जिनको विश्लेषणपछि हालसम्म देखिएका थप संक्रमण गराएका भाइरसको जिन विश्लेषण नभएको सम्बद्ध चिकित्सकले बताएका छन् । एउटा जिनको विश्लेषण गरेर मात्र यो भाइरसबारे विस्तृत भन्न नसकिने उनीहरू बताउँछन् ।

‘त्यसताका (पहिलो कोभिड–१९ पोजिटिभ केस) गरिएको ‘पूर्ण जिनोम सिक्वेन्स’ मा त्यो भाइरस ‘वुहान’ सँग मिलेको थियो,’ वीरगन्जको नारायणी केन्द्रीय अस्पतालका डा. निरज सिंह भन्छन्, ‘त्यसपछि युरोपेली तथा खाडी मुलुक, भारतलगायतबाट संक्रमित आए पनि भाइरसको जिन विश्लेषण गरिएन ।’ वीरगन्जको अस्पतालमा हालसम्म आएका १२ जना संक्रमितमध्ये एक जनामा पनि कुनै लक्षण नदेखिएको जानकारी दिँदै उनले भने, ‘हामीकहाँ संक्रमण उत्पन्न गर्ने भाइरसको जिन विश्लेषण गरेर विश्वमा जहाँ–जहाँ महामारी छ, त्यहाँको भाइरससँग तुलना गरियोस् ।’

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार हाल विराटनगरमा भर्ना गरिएका ३१ जना संक्रमितमा पनि बाहिरबाट हेर्दा कुनै लक्षण देखिएको छैन । कान्तिपुरले केही समयअघि गरेको संक्रमितको अध्ययनअनुसार मुलुकमा देखिएका कोभिड–१९ का करिब ८४ प्रतिशत केस एसिम्प्टोम्याटिक (लक्षणविहीन) रहेको देखिएको थियो । नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितहरूमा माइल्ड (मधुरो) वा एसिम्प्टोम्याटिक (लक्षणविहीन) संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्र बताउँछन् ।

नेपालमा संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका र उपचारपछि घर गएकाहरूमध्ये अधिकांशमा संक्रमणको बाहिरी लक्षण नदेखिनुलाई विज्ञले अध्ययनको विषय भनेका हुन् । नेपालमा पाइएका संक्रमितको जिनको विश्लेषण गरेर विश्वका अन्य देशमा देखिएको कोरोना भाइरसहरूको जिनसँग तुलना गरी हेर्नुपर्नेमा उनीहरूको जोड हो । यस विषयमा अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा डा. मिश्रलगायत विज्ञहरूले प्रस्तावसमेत दर्ता गराएका छन् । ‘एक जना कोभिड संक्रमितमा देखिएको भाइरसको जिनलाई विश्लेषण गरेर मात्र यो भाइरसबारे भन्न सकिँदैन,’ डा. मिश्र भन्छन्, ‘पर्याप्त आधार हुन कम्तीमा तथ्यांकगत (स्टेटिस्टिकली) रूपमा ३० देखि ५० वटा भाइरसको जिनको विश्लेषण गर्नुपर्छ ।’ संक्रमित भएका ३० देखि ५० जनासम्म बिरामीबाट यो भाइरस निकालेर यसको ‘फुल जिनोम’ (सम्पूर्ण जिनको) विश्लेषण हुनु आवश्यक रहेको उनले बताए ।

यो विश्लेषणले विश्वको अन्य मुलुकमा भएका यस्तै प्रकृतिको भाइरस, सिकिस्त रोगी बनाउने भाइरस र धेरै मृत्यु गराउने भाइरसबीचको समानता वा भिन्नता पत्ता लगाउन सकिन्छ । यदि नेपालको भाइरसबारे अनुसन्धान गर्दा यस्तो देखियो कि यसले संक्रमण गराएर खासै कुनै लक्षण देखाउँदैन र रोगको कडापन देखाउँदैन भने यो भाइरसलाई भविष्यमा खोपको (क्यान्डिडेट भ्याक्सिन) उपयुक्त हुने दाबी गर्न सकिन्छ ।

डा. मिश्र भन्छन्, ‘यदि नेपालमा देखिएको भाइरसले कुनै पनि लक्षण नदेखाईकन शरीरमा पर्याप्त मात्रामा एन्टिबडी बनाउन सक्छ भने यस्तो खालको भाइरसको स्ट्रेन (प्रजाति) को विश्लेषण गरेको खण्डमा उक्त भाइरसलाई भविष्यमा खोप बनाउनका लागि समेत दाबी गर्न सकिन्छ ।’ यति मात्र नभई केही समयपछि यो भाइरसलाई खोप बनाउने अन्तर्राष्ट्रिय संस्थासँग नेपालले समन्वय गरी खोप बनाउनुभन्दा अगाडि चार किसिमको (फेज) मध्ये प्रयोगशाला फेजबाट सुरुवात गरी दोस्रो, तेस्रो र चौथो फेजमा यसको परीक्षण गरेर सफल भएको अवस्थामा पुनस् खोप उत्पादन गर्ने कम्पनीसँग सरकारले सहकार्य गरेर खोप उत्पादन गर्न सक्छ ।

नेपाली जनतामा हाल कोरोना भाइरसको संक्रमण भएपछि शरीरले त्यसको विरुद्घमा उत्पादन गर्ने एन्टिबडीको मात्रा, एन्टिबडीको गुण र एन्टिबडीको किसिमको अनुसन्धान ‘सेरो इपिडिमियोलजी’ हुनुपर्नेसमेत डा. मिश्र औंल्याउँछन् । यो सेरो इपिडिमियोलजी अनुसन्धान भएको खण्डमा कोभिड–१९ रोग नेपालीहरूमा किन लाग्न सक्ने वा एक चोटि रोग लागिसकेपछि ती मानिसहरूमा किन रोग लाग्न नसक्ने अवस्थासमेत थाहा हुने उनी बताउँछन् । यो अनुसन्धान गर्ने प्रस्तावसमेत परिषद्मा दिइएको छ । कान्तिपुर दैनिक