३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक
अ+ अ-

गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ ।

महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ । गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो धार्मिक हिसाबले महत्वपूर्ण रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकालले बताउनुभयो ।

किंवदन्तीअनुसार गुप्तवासका क्रममा यही स्थानमा पाण्डवहरूले यहाँस्थित देउराली देवीको शक्ति प्राप्त गरेका थिए । सोही विश्वासकै कारण पचभैया कोट देउराली मन्दिरमा यस आसपासका दर्शनार्थीहरू अत्यन्त श्रद्धा विश्वासका पूजाआजा गर्न आउने गरेको उहाँको भनाइ छ ।

साढे दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढुङ्गाको शिला मात्र रहेकोमा स्थानीयको सक्रियताका कारण यहाँ मन्दिर निर्माण गरिएको हो । नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो ।

मन्दिर निर्माणका लागि विसं २०६० मा महायज्ञ गरी त्यहाँबाट सङ्कलित झण्डै रु ५० लाखको सङ्कलन गरिएको थियो । मन्दिर परिसरमा हवनकुण्ड, पुजारी आवास र कार्यालय छन् । मन्दिरभित्र प्राचीनकालदेखि कै शिला राखिएको छ ।

किंवदन्तीअनुसार पाण्डव एकवर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएछन् । त्यसक्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पति भई उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।

पूर्वअध्यक्ष ढकालका अनुसार पाण्डव बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंश हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो ।

यहाँबाट विश्वका आठ हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण, धवलागिरी, र मनास्लु हिम श्रृङ्खलालाई एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट बेगनास र रुपा ताल पनि हेर्न सकिने होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष एवं सल्लाहकार दामोदरभक्त थापाले जानकारी दिनुभयो ।

बेगनास तालदेखि करिब डेढ किलोमिटर दूरीमा पर्ने पचभैया क्षेत्रबाट देखिने रमणीय हिमाली दृश्यका साथै तालतलैयाले यहाँको पर्यटकीय महत्वलाई अझै बढाएको उहाँको भनाइ छ । यहाँ पछिल्लो समयमा होटेल तथा रेष्टुरेण्टलगायतका पूर्वाधार निर्माण भइरहेको छ । हाल यस क्षेत्रमा १४ वटा घरवास ९होमस्टे० सञ्चालनमा आइसकेका छन् भने केही होटल पनि छन् ।

जलपर्यटन सहित पर्यापर्यटनको पनि उत्तिकै सम्भावना रहेको यसै क्षेत्रमा निर्मित पचभैया प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । बृहत पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र पछिल्लो समयमा यहाँको पर्यटकीय गन्तव्यका रुपमा विकास भएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो ।

खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको छ । केन्द्रमा आउने पर्यटकले चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउँछन् ।

यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच अनुरुप युनाइटेड क्लबले विसं २०६७ देखि अभियान नै सुरु गरेको थियो । केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् ।

स्थानीय सचेतना अभिवृद्धिका लागि यहाँ सञ्चालित सिड फाउण्डेशन नेपालमार्फत विभिन्न कार्यक्रम गर्दै आइएको संस्थापक अध्यक्ष दामोदरभक्त थापाको भनाइ छ । पचभैया क्षेत्रको भौगोलिक अवस्थिति एवं यहाँबाट देखिने मनोरम दृश्यकै कारण यो पर्यटकीय रुपमा आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको हिमालय फरेष्ट रिसोर्ट पचभैयाका सञ्चालक प्रमोद भण्डारीले जानकारी बताउनुभयो । रासस