३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

ट्रम्पका सल्लाहकारले भनेः मोदीलाई पुटिन र जिनपिङसँग देख्नु लज्जास्पद

ट्रम्पका सल्लाहकारले भनेः मोदीलाई पुटिन र जिनपिङसँग देख्नु लज्जास्पद
Former Trump White House official Peter Navarro talks to the media as he arrives at U.S. Federal Courthouse in Washington, Thursday, Jan. 25, 2024. (AP Photo/Jose Luis Magana)
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस र चीनका नेतासँगको नजिकिँदो सम्बन्धप्रति आपत्ति जनाएका छन् ।

नवारोले भने– “मोदीको सी चिनफिङ र भ्लादिमिर पुटिनसँग उभिनु लाजमर्दो कुरा हो । मोदी के सोचिरहेका छन् थाहा छैन । हामीलाई आशा छ कि उनी बुझ्नेछन्, उनी रूससँग होइन, हाम्रो पक्षमा हुनुपर्ने हो ।”

यसका अतिरिक्त नवारोले सोमबार भारतीय ब्राह्मणहरूलाई रूसी तेल खरिद गरेर नाफाखोरी गरेको आरोप लगाए । उनका अनुसार, “भारतका ब्राह्मणहरू रूसी तेलबाट मुनाफा कमाइरहेका छन्, जसको मूल्य सम्पूर्ण भारतले चुकाइरहेको छ ।”

नवारोले आरोप लगाए– “भारतले रूसबाट तेल किनेर त्यसलाई युक्रेनमाथि आक्रमण गर्न पैसा दिइरहेको छ । त्यसकारण सबैभन्दा धेरै ट्यारिफ भारतले भोगिरहेको छ । यसबाट रूस र अमेरिकालाई होइन, बरु साधारण भारतीयलाई क्षति पुगेको छ । यो कुरा उनीहरूले बुझ्नुपर्छ ।”

नवारोले भारतलाई ‘रूसको धुलाई मेसिन’ भनेर उल्लेख गर्दै भने– “भारतले न केवल व्यापार असन्तुलन बढाइरहेको छ, बरु अमेरिकाका हितविपरीत गठबन्धनहरूलाई समेत मजबुत बनाइरहेको छ ।”

अमेरिकी वित्तमन्त्री बोले– मोदीको एससीओ बैठक देखावटी

अमेरिकाका वित्तमन्त्री स्कट बेसन्टले भारतको रूसबाट कच्चा तेल खरिदमाथि प्रश्न उठाउँदै भने– “यसले मस्कोको युद्ध मेसिनलाई शक्ति दिइरहेको छ।” उनले भारतलाई खराब खेलाडी भने ।

फक्स न्युजसँगको अन्तर्वार्तामा बेसन्टले प्रधानमन्त्री मोदीको हालैको एससीओ बैठकलाई देखावटी बताए । यद्यपि, उनले अमेरिका र भारत दुवै बलिया प्रजातन्त्र भएको र मतभेद समाधान गर्न सक्ने विश्वास व्यक्त गरे ।

एससीओमा एउटै मञ्चमा मोदी, पुटिन र जिनपिङ

सोमबार चीनको तियानजिनमा एससीओ बैठक सम्पन्न भयो । बैठकअगाडि फोटो सेसनका क्रममा भारतीय प्रधानमन्त्री मोदी, चिनियाँ राष्ट्रपति जिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटै मञ्चमा देखिए ।

तीनै नेताहरू एक–अर्काको हात समाउँदै उभिएको दृश्य सार्वजनिक भयो । यसबाहेक, प्रधानमन्त्री मोदी द्विपक्षीय भेटवार्ताका लागि पुटिनकै गाडीमा चढेर गएको र करिब एक घण्टा गोप्य वार्ता भएको थियो ।

यी तस्बिरहरूलाई ट्रम्पविरुद्ध तीन मुलुकको एकताका रूपमा प्रस्तुत गरिएको थियो ।

ट्रम्पका सबैभन्दा नजिकका सल्लाहकार

पिटर नवारोलाई ट्रम्पले आफ्ना सबैभन्दा नजिकका सल्लाहकार मान्छन् । उनले ट्रम्पको अघिल्लो कार्यकालमा सम्पूर्ण व्यापार नीति निर्माण गरेका थिए ।

नवारो २०१६ मा ट्रम्प प्रशासनसँग आवद्ध भएका थिए । त्यसअघि १९९४ देखि २०१६ सम्म उनी डेमोक्र्याटिक पार्टीका लागि नीतिनिर्माता थिए । भनिन्छ, उनी पूर्व राष्ट्रपति बिल क्लिन्टन र बाराक ओबामाका अनौपचारिक सल्लाहकारसमेत रहेका थिए ।