२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यस्त नाराणगढ–मुग्लिन सडकमा पुलको रेलिङ नै चोरियो !



अ+ अ-

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलको रेलिङ चोरी भएको छ ।

अति व्यस्त रहने सडकमै रहेको रेलिङ चोरी भएको हो ।

भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार सोमबार बिहान सडक अनुगमनमा जाँदा पुलको रेलिङ नै गायब थियो । आइतबार राति रेलिङ चोरी भएको अनुमान छ ।

कार्यालयले हाल पुलमा सुरक्षाका लागि रातको समयमा पनि देखिने पाइपहरू राखेको जनाएको छ ।

नयाँ पुलको आडैमा रहेको पुरानो पुलको फलामका रेलिङ चोरी भएका हुन् ।

चितवन जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी गराई चोरी भएका सामान र चोरी गर्ने व्यक्तिको खोजी सुरू भएको छ ।

नारायणगढदेखि झन्डै ३२ किलोमिटर पर मुग्लिनतर्फ कालीखोला नजिकै नाम्सी पुल छ ।

नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्छन् ।