१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

महोत्तरीको उत्तरपूर्वी दुई बस्तीमा १० दिनको बीचमा ११ जनाको मृत्यु

महोत्तरीको उत्तरपूर्वी दुई बस्तीमा १० दिनको बीचमा ११ जनाको मृत्यु
अ अ+ अ-

लहान । महोत्तरीको उत्तरपूर्वी दुई बस्तीमा १० दिनका बीचमा ११ जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–७ को मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को अहिमान बस्तीका ११ जनाको एकपछि अर्को गर्दै मृत्यु भएपछि दुवै बस्तीमा शोक छाएको छ । यी एकअर्कामा जोडिएका बस्ती हुन् । लगालग बस्तीका मानिसहरूको मृत्यु हुन थालेपछि गाउँमा त्रास फैलिएको छ ।प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहका अनुसार उनीहरूको विषाक्त रक्सीले मृत्यु भएको आशंकामा भिसेरा परीक्षण गर्न लगिएको छ । ‘मृत्यु हुने अधिकांशको उमेर ४५ वर्षमाथि छ । केहीको हृदयघात भएर पनि मृत्यु भएको देखिन्छ,’ डिआइजी सिंहले भने, ‘भिसेराको रिर्पोट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्छ । अनुसन्धानमा प्रहरी खटिएको छ ।’

विषाक्त रक्सी सेवनले मृत्यु भएको आशंका गरिएकामा ४५ वर्षीय मोहन चौधरी, ५५ वर्षीय गंगाराम सदा, ५० वर्षीय लालबाबु सिंह, ५५ वर्षीय महेन्द्र चौधरी, ५० वर्षका नथुनी महरा, ३५ वर्षीय सिकेन्द्र पासवान र शुकदेव महरा छन् । बर्दिवास–१२ मा शुक्रबार ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सोपिन्द्र मण्डलको पनि मृत्यु भएको छ । शनिबार भंगहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापतिको मृत्यु भएको थियो । प्रजापति इँटा उद्योगका काम गर्थे । अचानक बेस्सरी पेट दुख्ने, झाडापखाला चल्ने र बान्ता गर्ने लक्षण देखिएलगत्तै उनीहरूको मृत्यु भएको हो ।

गत मंगलबार र बुधबार मृत्यु भएका पाँच जनाको शव प्रहरीलाई खबरै नगरी दाहसंस्कार गरिएको थियो । बिहीबार थप दुई जनाको मृत्यु भएपछि प्रहरीले बल प्रयोग गरेर मृतकको शव पोस्टमार्टमका लागि जलेश्वरस्थित जिल्ला अस्पताल पुर्याएको थियो । पोस्टमार्टम गरिएकै शवको भिसेरा निकालिएको महोत्तरी प्रहरीले जनाएको छ । ‘कालगतिले मर्यो होला ठानेर गाउँलेहरूले सुरुमा प्रहरीलाई खबरै गरेनन् । आफैं शव लगेर दाहसंस्कार गरिदिए,’ डिआइजी सिंहले भने, ‘त्यसपछि पनि मानिसको मर्ने क्रम नरोकिएपछि प्रहरीले शव थुतेरै पोस्टमार्टम गराएको हो ।’ मृतकहरू अति विपन्न परिवारका हुन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार लक डाउनमा खानाको समस्या झेलिरहेका उनीहरूले घरेलु मदिरा अत्यधिक सेवन गर्ने गरेका थिए । ‘अहिलेसम्मको अनुसन्धानमा अत्यधिक मदिरा सेवनले नै उनीहरूको ज्यान गएको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘अरू केही कारण भए त्यसको पनि खोजी भइरहेको छ ।’ बर्दिवासको अहिमान बस्तीमा पनि अत्यधिक मदिरा सेवनले नै मानिसहरूको ज्यान गएको त्यस वडाका अध्यक्ष रामकिशोर साहले बताए ।

अखाद्य कच्चा पदार्थ प्रयोग गरेर स्थानीय स्तरमा बनाइएको मदिराको सेवन गर्दा उनीहरूको मृत्यु भएको वडाध्यक्ष साहको भनाइ छ । मृतकमध्ये सिकेन्द्र सिंह र शुकदेव महराको पोस्टमार्टम गरिएको छ । साताअघि मात्रै महोत्तरी प्रहरीले मेघनाथ गोरहन्ना, सीतापुर, औरही र जमुनियामा १६ हजार लिटरभन्दा बढी मदिरा, कच्चापदार्थ र चार वटा भट्टी नष्ट गरेको थियो । डिआइजी सिंहका अनुसार घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र सेवनमा रोक लगाउन प्रदेश–२ का आठ वटै जिल्लाका प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । ‘घरेलु मदिराको उत्पादनमा कडाइ गर्न र यसलाई अभियानकै रूपमा लागू गर्न सबै प्रहरी पोस्टलाई निर्देशन गरिसकिएको छ,’ उनले भने, ‘घरेलु मदिराको कारोबार गर्नेको पनि निगरानी भइरहेको छ ।’ महोत्तरी प्रहरीले दुवै बस्तीमा रहेका मदिरा भट्टी भत्काउन थालेका छन् । प्रहरीको सक्रियतापछि घरेलु मदिराका कारोबारीहरू फरार भएका छन् ।

सीमा जोडिएका दुई बस्तीमा एकपछि अर्को गर्दै ११ जनाको मृत्यु भएपछि स्थानीयले कोरोना भाइरसको संक्रमणले मृत्यु भएको आशंका गरे । स्थानीयले गाउँमा स्वास्थ्यकर्मी पठाएर कोरोना भाइरस रहेनरहेको जाँच गर्न माग गरे । प्रहरीसहित गाउँ पुगेका स्वास्थ्यकर्मीले मृतकमध्ये दुई जनाको आरडिटी किटबाट कोरोना भाइरसको परीक्षण गरे । दुवैको रिर्पोट नेगेटिभ आयो । स्वास्थ्यकर्मीको टोलीले उनीहरूको स्वाबको नमुनासमेत संकलन गरेर परीक्षणका लागि पठाएको छ । ‘गाउँलेले कोरोना भाइरसको आशंका गरेका थिए तर त्यसको रिर्पोट पनि नेगेटिभ आएको छ,’ एसपी अधिकारीले भने, ‘पिसिआरका लागि स्वाब संकलन गरेर पठाएका छौँ । उनीहरूको कोरोनाबाट नभई मदिराका कारण मृत्यु भएको आशंका छ । पोस्टमार्टमको रिपोर्ट आएपछि कारण खुल्छ ।’ शनिबार औषधि लिएर चिकित्सकसहितको टोली दुवै बस्तीमा परिचालन गरिएको छ ।

शिक्षा तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेलले शुक्रबार र शनिबार दुवै बस्तीको अवलोकन गरी त्यहाँको वस्तुस्थितीका बारे जानकारी लिएका छन् । लगालग ज्यान गुमाइरहेका बर्दिवासको अहिमान बस्ती मन्त्री पोखरेलकै निर्वाचन क्षेत्रमा पर्छ । ‘स्वास्थ्यकर्मीले गाउँका सवै मानिसको जाँच गरिरहेका छन् । समस्या देखिनेलाई तुरुन्तै अस्पताल पु¥याइनेछ,’ भंगहा नगरपालिकाका प्रमुख साहले भने, ‘कोरोना भाइरसको लक्षण कसैमा देखिएको छैन ।’ सौर्य दैनिक