१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा मेयर हर्क साम्पाङको र्‍याली–फोटोफिचर



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज (हर्क) साम्पाङले आज काठमाडौंमा र्‍याली निकालेका छन् ।

विभिन्न सामाजिक मुद्दा, शुद्ध खानेपानी, सुशासन र जनसहभागितामूलक विकासका एजेन्डा लिएर राजधानीमा प्रवेश गरेका साम्पाङको र्‍यालीमा ठूलो संख्यामा नागरिकको उपस्थिति रहेको थियो ।

र्‍यालीमा सहभागीहरूले “सफा राजनीति, पारदर्शी नेतृत्व” र “जनताका लागि जनता स्वयं उठौं” जस्ता नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै मेयर साम्पाङले धरानमा गरेको प्रयासलाई उदाहरण दिँदै देशभर नै “इमान्दार र उत्तरदायी नेतृत्व” को आवश्यकता रहेको बताए ।

उनको र्‍यालीमा नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, स्वयंसेवक र विभिन्न संघ–संगठनका सदस्यहरूको सहभागिता रहेको थियो ।

यसअघि पनि मेयर साम्पाङ पटक–पटक काठमाडौं आएका थिए ।