७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिडेनको अध्यक्षमा इन्जिनियर झा निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को केन्द्रीय अध्यक्षमा इन्जिनियर रविभूषण झा निर्वाचित हुनुभएको छ ।

सिडेनको आठौँ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार झाले दुई हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुदर्शन शर्मा, उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा कृष्णराज पाठकले जानकारी दिनुभयो ।

यसैगरी सदस्यमा नानुमाया काफ्ले, महेश घिमिरे, आयुष्मान अधिकारी, ज्ञानेन्द्रकुमार त्रिपाठी, दीपा पौडेल, अङ्कित शर्मा, सोना सुकुभटु, लक्ष्मी पाण्डे, प्रेरणा ओली, मानस वस्ती, समीप केसी, इन्द्रजितकुमार शाह र सचिन न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा पाठकले बताउनुभयो ।

सिडेनको आठौँ कार्यकारिणी समितिको निर्वाचनमा देशभरबाट तीन हजार ८८४ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो ।