१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिडेनको अध्यक्षमा इन्जिनियर झा निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को केन्द्रीय अध्यक्षमा इन्जिनियर रविभूषण झा निर्वाचित हुनुभएको छ ।

सिडेनको आठौँ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार झाले दुई हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुदर्शन शर्मा, उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा कृष्णराज पाठकले जानकारी दिनुभयो ।

यसैगरी सदस्यमा नानुमाया काफ्ले, महेश घिमिरे, आयुष्मान अधिकारी, ज्ञानेन्द्रकुमार त्रिपाठी, दीपा पौडेल, अङ्कित शर्मा, सोना सुकुभटु, लक्ष्मी पाण्डे, प्रेरणा ओली, मानस वस्ती, समीप केसी, इन्द्रजितकुमार शाह र सचिन न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा पाठकले बताउनुभयो ।

सिडेनको आठौँ कार्यकारिणी समितिको निर्वाचनमा देशभरबाट तीन हजार ८८४ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो ।