१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने, एक हजार शो पाउने अपेक्षा



अ+ अ-

काठमाडौं । यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ।

‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाएको छ। यस चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ।