१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ–घनश्याम पक्षीय नेताहरू छुट्टै छलफलमा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गरिँदैछ ।

बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउद लगायत सहभागी छन् ।

पछिल्लो समय अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असमझदारी बढेको । उनीहरू सार्वजनिक रुपमै एक अर्काका अभिव्यक्तिको खण्डन गर्दै आईरहेका छन् ।