• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मधेशमा जाडो बढ्यो



जलेश्वर । महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित  पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ ।  
        
जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरुको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून छ । चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीका सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिक रुपले कमजोर व्यक्तिहरु समेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघा, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।
    
यसैबीच, जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसानहरु पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएका छन् । जिल्लामा जाडो बढेको करिब तीन साता हुन लाग्दा पनि स्थानीय पालिकाद्वारा हालसम्म जाडोबाट बचाउनका लागि सहयोग गरेका छैनन् ।

विभिन्न सङ्घसंस्था, जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति, नेपाल रेडक्रस लगायतले आ–आफ्नो पूर्वतयारी थालेका थिए ।  गतवर्ष जाडो सुरु हुनासाथ प्रभावित गाउँबस्तीमा न्यानो बाँड्ने काम गरे पनि पनि यस वर्ष अहिलेसम्म कसैको कुनै पहल नदेखिएको जनगुनासो छ । गतवर्ष जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जाडो याममा सदरमुकाम जलेश्वरसहित जिल्लाको विभिन्न  बस्तीमा दाउरा वितरण गरे