३० भाद्र २०८३, मंगलवार
,
Latest
ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण : गभर्नर अधिकारी



अ+ अ-

काठमाडौं । आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतिपूर्ण रहने गभर्नर अधिकारीले बताउनुभएको छ । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा सहभागि हुनुभएका गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौति थपिएको बताउनुभयो । उहाँले विप्रेशणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘नेक्स्ट यरमा हामीलाई विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ । पर्यटन आय अलमोस्ट हामीले आश गर्न सक्दैनौं, त्यसैगरी वैदेशिक लगानी थप लगानी हामी आश गर्न सक्दैनौं सँगसँगै नेपालबाट बाहिर एक्स्पोर्ट भन्ने कुरा पनि आउने वर्ष एकदमै नोमिनल हुन्छ । जसले गर्दा हामीलाई वैदेशिक मुद्राको संचिति मुद्राको परिचालनमा भने केही ठूलो प्रेसरमा काम गर्नुपर्ने हाम्रो अनुमान छ । ’

चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पुरा नहुने स्थिति आइसकेको गभर्नर अधिकारीले बताउनुभयो । उहाँले कोभिड सुरु भएयता वित्तीय क्षत्रको ऋण र निक्षेप बढ्न नसकेको बताउनुभयो । यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने उहाँले बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको स्थायीत्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरुलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवद्र्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएको समेत उहाँले बताउनुभयो ।

पाँच करोड भन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएको समेत गभर्नर अधिकारीले बताउनुभयो । उहाँले कोभिडका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि क्लोजली मोनिटरिङ गर्ने व्यवस्था गरिएको समेत बताउनुभो । समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असर लगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीले बताउनुभयो ।