७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

काठमाडौँमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’

काठमाडौँमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’
अ+ अ-

काठमाडौँ। काठमाडौँमा आज १६०औँ मोतीजयन्तीका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’ आयोजना गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा अनाममण्डली, अन्तरराष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजनामा नक्सालस्थित प्रतिष्ठानमा उक्त कार्यक्रम भएको हो ।

अनाममण्डलीका अध्यक्ष रुपक अलङ्कार, अन्तरराष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझा, कोशी प्रदेशका रश्मि असफल, मधेस प्रदेशका विवश पौडेल, बागमती प्रदेशका राधा कणेल, गण्डकी प्रदेशका देवेन्द्र केसी ‘देवु’, लुम्बिनी प्रदेशका सन्तोष श्रेष्ठ, कर्णाली प्रदेशका कुशलनाथ योगी, सुदूरपश्चिम प्रदेशका भुवन बोहरा ‘निस्तेज’ले गजल वाचन गर्नुभएको थियो ।

गजलकारका गजलअनुसार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला प्रमुख प्रदीप अधिकारी, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा र शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले कलाकृति सिर्जना गरी प्रदर्शनीसमेत गर्नुभएको थियो ।

कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छालीले सिर्जनाको आफ्नै वैचारिकता हुने बताउनुभयो । उहाँले ललितकलाको सौन्दर्यमा सङ्गीत एवं गजल जोडिनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो ।

सङ्गीत, गीत, गजल, चित्रकलाको जग जन्मुभूमि र यहाँको माटो हुनुपर्ने बताउँदै उहाँले शब्द, चित्र र गायनमा सामञ्जस्य हुनुपर्नेमा जोड दिनुभयो । हाम्रा ललितकला, साहित्य र सङ्गीतलाई राष्ट्रिय भावधारा, सामाजिक, सांस्कृतिक सौहार्दका साथ पुस्तान्तरणमा जोड्न सबै निकाय लाग्नुपर्ने उहाँको भनाइ छ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा पहिलोपटक भएको गजल, सङ्गीत र ललितकला उत्सवको त्रिवेणीले साहित्य, सङ्गीत र ललितकलालाई जोड्ने विश्वास व्यक्त गर्नुभयो । यस किसिमको कार्यक्रमले अन्तरवस्तुको प्रकटीकरणमा विधागत भिन्नतालाई समेत उजागर गर्ने उहाँले बताउनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले साहित्य, सङ्गीत र ललितकलाको संयोजन गरी गरिएको कार्यक्रम ऐतिहासिक भएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपालीपनलाई समेटेर गजल तयार पारिएको भन्दै त्यसमा सङ्गीत र चित्रकलाको संयोजनले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

साहित्यकार एवं समालोचक प्राडा देवी नेपालले शब्द, सङ्गीत र चित्र (ललितकला)लाई जोडेर कार्यक्रम गरिनु महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो । उहाँले मोतीराम भट्टका साहित्यिक योगदानका साथै अनाममण्डलीको कार्यसम्पादनका बारेमा सङ्क्षिप्त चर्चा गर्नुभएको थियो ।

अनाममण्डलीका अध्यक्ष अलङ्कारको सभाध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उहाँले केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भएको यस कार्यक्रममा राष्ट्रप्रेमका भाव ओतप्रोत भएका गजल गायन गरिएको जनाउँदै गजललाई चित्रमा प्रत्यक्ष अवलोकन गर्न पाइएको उल्लेख गर्नुभयो ।

अन्तरराष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष ओझाले कार्यक्रमको औचित्य प्रष्ट पार्दै केन्द्रका तीनवटै प्रतिष्ठानको सहकार्यमा सङ्गीत, गजल र ललितकलालाई एएटै मञ्च प्रस्तुत गरिएको जानकारी दिनुभयो ।  रासस