२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैनः उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महागर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिनुभएको छ ।

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर ढंगोलले यस्तो सुझाव दिनुभएको हो । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उहाँले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गर्नुभयो । उहाँले कानूनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सदैव यहाँहरुले बर्दी लगाएर फिल्डमा गईरहनु हँुदाखेरी म कोही व्यक्तिको प्रतिनिधित्व होइन । म संस्थाको प्रतिनिधित्व गर्छु । म कानूनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस् । यो शुभकामना छ, यहाँहरु सबै जनालाई ।’

उहाँले काठमाडौं महानगरपालिकामा सुशासन स्थापना गर्नको लागी उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गर्नुभयो ।