१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकताका लागि दलहरूबीच सहकार्य आवश्यक छ : महासचिव गुरुङ



अ+ अ-

कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका–१७ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विभिन्न शक्तिहरूले देशमा द्वन्द्व सृजना गरेर सङ्कट निम्त्याउने प्रयास गरेकाले राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको व्यवस्थालाई कमजोर बनाउने प्रयास भएको छ । दलहरूबीचको मजबुत एकताबाट मात्र राष्ट्रिय स्वाधिनता र एकताका लागि बल पुग्दछ । वर्तमान व्यवस्थाको विकल्प छैन”, महासचिव गुरुङले भन्नुभयो ।

नेता गुरुङले देश स्वाधिन बन्नका लागि भ्रष्टाचारको अन्त्य हुनैपर्नेमा जोड दिनुभयो । माओवादीको नेतृत्वमा बनेको अघिल्लो सरकारले सुशासनका लागि काम गरेकाले जनतामा समेत उत्साह छाएको उहाँको भनाइ थियो ।

महासचिव गुरुङले देश विकासमा माओवादी केन्द्रको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही सीमा र कमजोरी भए पनि माओवादीको विकल्प अन्य दल हुन सक्दैनन् । अहिले आकारमा सानो भए पनि व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्छ ।” नेता गुरुङले विभिन्न चाडपर्वहरूले देशमा राष्ट्रिय एकता बलियो बनाउने र नेपाली समाजको एकताको आधार बनेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य तेजकुमारी पौडेल, दुर्गा विक, गङ्गा पोखरेल, अखिल नेपाल महिला सङ्घ कास्कीका अध्यक्ष सृजना त्रिपाठीलगायतले देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस




भर्खरै