१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राका मूर्त÷अमूर्तसम्पदाबारे अभिलेखीकरण



अ+ अ-

काठमाडौँ। काठमाडौँको सबैभन्दा जीवन्त पर्व मानिने इन्द्रजात्राको मूर्त तथा जीवन्त÷अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२३ को लगानीमा विज्ञहरूद्वारा अध्ययगन गरी ती मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको हो । आज हनुमानढोका दरबार सङ्ग्रहालयमा एक समारोहका बीच उक्त इन्द्रजात्राको मूर्त तथा जीवन्त÷अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको दस्तावेज विमोचन गरिएको छ ।

विमोचन समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले यस्ता सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी रहेको र यो प्रयासको सराहना गर्नुभयो । उहाँले महानगरले यहाँभित्रका सम्पदा संरक्षणका काम गर्दै आएको जानकारी दिँदै इन्द्रजात्राको अभिलेखीकरण दस्तावेज एउटा नमूना भएको बताउनुभयो ।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका–२३ का अध्यक्ष मचाराजा महर्जनले इन्द्रजात्रा अन्तरराष्ट्रियकरण भइरहेको उल्लेख गर्दै यो अभिलेखमा हराइरहेका परम्परालाई पनि समावेश गरेर संरक्षण प्रयास गरिएको सुनाउनुभयो ।

अध्यक्ष महर्जनले भन्नुभयो, “इन्द्रजात्रामा विगतमा चलेका तर अहिले बन्द भएका परम्परा, गतिविधि पनि यो अध्ययन, अनुसन्धानमा आएको छ, सम्पदामार्गमा चल्ने परम्परा हराइरहेको अवस्थामा अभिलेखमार्फत भावी पुस्तालाई देखाउन सकिने भएको छ ।”

अब इन्द्रजात्राको रथमात्र रहने र लाखे नाचमात्र रहने स्थिति हो कि भन्ने चिन्ता भएकाले अभिलेखीकरणको प्रयास गरिएको उहाँले बताउनुभयो । गएको वर्षदेखि नै यस्ता सम्पदा संरक्षणका लागि महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । यो क्रम जारी रहने अध्यक्ष महर्जनको भनाइ थियो । रासस




भर्खरै