२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगीका समस्यामा सरकार गम्भीर छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

उहाँले उद्योग–व्यवसायहरूले अनेकौ चुनौती सामना गरिरहेकोसमेत बताउनुभयो ।नेपाल इँटा उद्योग महासङ्घको १७औँ साधारणसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक स्थिति अस्थिर हुँदा लगानीमा जोखिम बढेको र त्यसको समाधान छलफल तथा बहसमार्फत खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तन थप चुनौतीका रूपमा देखिएको छ, जसका कारण उद्योगीहरूले उत्पादनमा अवरोध भोगिरहेका छन् । यस्तो परिस्थितिमा गुणस्तर कायम राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नु अपरिहार्य छ ।”

नेपाल–चीनबीचको व्यापार र औद्योगिक सहकार्य महत्त्वपूर्ण बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले उद्योगहरूले गुणस्तरको प्रमाणपत्र प्राप्त गरी अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले उद्योग व्यवसायीलाई कानुनको पालना गर्दै वातावरणमैत्री ढङ्गले उद्योग सञ्चालन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । “यदि उद्योग व्यवसायीले नियम पालना गरेन भने वातावरणीय समस्या उत्पन्न हुन्छ र वातावरण, खेतीपाती तथा उत्पादनलाई हानि पुर्याउँछ”, मन्त्री भण्डारीले भन्नुभयो, “त्यसैले सरकारले कडाइका साथ अनुगमन गरी समस्या समाधान गर्नेछ ।”

उहाँले घर, भवन तथा निर्माणका सबै क्रियाकलाप इँटामै आधारित हुने भएकाले इँटा व्यवसायीको साथमा सरकार रहेको उल्लेख गर्नुभयो । उद्योगहरू प्रविधियुक्त, गुणस्तरीय र जलवायु परिवर्तनको असर कम गर्ने ढङ्गबाट सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले उद्योगीका मागलाई सहजै सुन्ने, सम्बोधन गर्ने र प्रमुख समस्या समाधान गर्ने मन्त्री भण्डारीको भूमिकाप्रति आभार प्रकट गर्नुभयो । रासस




भर्खरै